बाल्यकालमै बाबुले बाटोमा छोडेका कारण बेवा*रिसे बनेकी स्वस्तिकाले पत्रकार एवं सामाजिक अभियान्ता अर्जुन भुसालको अभियानपछि फेला पारिन् परिवार, पाइन् नागरिकता
काठमाडौँ — “खानेकुरा ल्याइदिन्छु” भन्दै बाबुले बाटोमै छाडेका बेला उनी साढे पाँच वर्षकी मात्र थिइन्। त्यतिबेला उनका आँसु, डर र थकाइले केही भन्न सकेन। न बोल्न सकिन्, न कसैलाई बोलाउने आँट गरिन्। आज, १४ वर्षपछि — स्वस्तिका केसी आफ्नै नाममा नागरिकता बोकेर समाजमा फर्किएकी छिन्।

बालगृहमा हुर्किएकी उनी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१० घर भएकी हुन्। जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले वंशजको आधारमा उनलाई नागरिकता दिएको हो।
सामाजिक अभियन्ताको अपिलले मोडियो कथा स्वस्तिकाको जीवनमा महत्वपूर्ण मोड एक भिडियो अपिल बनेर आयो। पत्रकार तथा सामाजिक अभियन्ता अर्जुन भुसालले उनको खोजीका लागि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावुक भिडियो अपिलले आमचासो पायो।
भिडियो हेरेपछि उनका बाबु विष्णुराज केसी चिनिए। खोजी अघि बढ्यो, प्रमाण जुटाइयो, र अन्ततः बाबु–छोरीको पुनर्मिलन सम्भव भयो।
“म फेरि हराउन चाहन्न” स्वस्तिकाले भनिन्, “अब म फेरि हराउन चाहन्न। म पढ्न चाहन्छु, केही बन्न चाहन्छु। अब म आफू भएर बाँच्न चाहन्छु।”
बर्षौं बालगृहमा बिताएकी उनी बाबुको र आमाको अनुहार, सम्म नचिने अबस्था थियो तर पोछी उनको आमा मेरो छोरी हुन भन्दै अर्जुन भुसाल सङ्ग समपर्कमा आइन र बुवा लाई समेत खोजन सयोग मिल्यो ।
नागरिकता : कानुनी पहिचानको दस्तावेज उनलाई चौतारा साँगाचोकगढी–१० वडाध्यक्ष निलबहादुर तामाङ र वडा सचिव पुनम भण्डारीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले वंशजको आधारमा नागरिकता प्रदान गरेको हो। प्रमुख जिल्ला अधिकारी किरण थापा र सहायक प्रमुख गणेश नेपालीले नागरिकता हस्तान्तरण गरेका थिए।
समाजका लागि सन्देश के त स्वस्तिकाको कथाले के देखाउँछ भने, राज्यबाट बेखबर बनेका बालबालिकाका निम्ति व्यक्तिगत र सामाजिक उत्तरदायित्व कति महत्त्वपूर्ण हुन सक्छ। पत्रकार अर्जुन भुसाल, शर्मिला श्रेष्ठ, सुवास माकजुलजस्ता अभियन्ताको पहलकदमीले जनचेतनाले समेत गहिरो राखने रहेछ भने उदाहरण पेस गरेका हुन ।
स्वस्तिका केसीको कथाले देखाउँछ — पहिचान हराउनु जीवन हराउनु हो। तर सही समयमा गरिने आवाज र सहायताले त्यो जीवन पुनः निर्माण गर्न सकिन्छ। यस्तो कथा केवल भावुकता, भावनात्मक होइन, एउटा गतिलो चेतना पनि हो।

