भारतप्रति प्रधानमन्त्री बालेनको रवैया ठिक छैन: स्वामी रामभद्राचार्य

समाचार सारांश
Auto Generated by AI
  • स्वामी रामभद्राचार्यले मेयर बालेनको भारतविरोधी रवैया र हिन्दुत्वप्रतिको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
  • नेपालमा बढ्दो धर्मान्तरण रोक्न र हिन्दु राष्ट्र पुन: स्थापना गर्नुपर्नेमा उनले जोड दिएका छन्।
  • नेपाल-भारतको सम्बन्ध बलियो बनाउँदै देश आत्मनिर्भर हुनुपर्ने र राजसंस्थाको सान्दर्भिकता रहेको उनले बताएका छन्।

काठमाडौ – विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारतप्रति रवैया ठिक नरहेको बताएका हुन।

Workplace

आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका धर्म गुरु रामभद्राचार्यले बालेनको भारतप्रतिको दृष्टिको ठिक नरहेको र हिन्दूत्वप्रति पनि कुनै प्रेम नरहेको बताएका छन।

उनले प्रधानमन्त्री बालेनको मन भारत विरोधी नहुनुपर्ने सुझाव दिए। उनले बालेनको आकर्षण हिन्दूत्वप्रति हुनुपर्ने सुझाव दिए। उनले बालेन अहिले युवा रहेको र राजनीतिमा परिपक्व नभएको बताए।

साथै उनले स्व. राजा विरेन्द्रको बेलामा हुने गरेका परम्पराहरू पुनः स्थापित गर्न सके अझ राम्रो हुने धारणा राखे।

धर्मगुरु रामभद्रार्चायले नेपालमा धर्मान्तर हुने गरेको गुनासो गरे। उनले विगतमा धर्मान्तर गराउनेहरुको संख्यामा वृद्धि हुनु दुःखद् रहेको बताए। उनले राजसंस्था फेरि आउनुपर्ने बताए।

उनले नेपाल र भारत मिलेर एउटा महाशक्ति बन्नुपर्ने बताए। उनले नेपाल सरकारले चाहे हिन्दूराष्ट्रय पुनः कायम गर्न कुनै समय नलाग्ने जानकारी दिए।

त्यस्तै, उनले नेपाल समृद्ध होस र कुनै देशमा निर्भर नहोस भन्ने कामना गरेका छन्। उनले खासगरी चीनसँग नेपाल कुनै किसिमले निर्भर नहुनुपर्ने धारणा राखे।

धर्म गुरु रामभद्राचार्य प्रत्येक वर्ष एकपटक जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आउने गर्छन। यहाँ आउँदा आफ्नो सम्धीको घर आएको महशुस हुने गरेको उनले बताए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?