
- मुगु लगायत कर्णालीका हिमाली जिल्लामा शैक्षिक सत्रको सुरुवातसँगै नयाँ पाठ्यपुस्तक पुगेका छन्।
- अघिल्ला वर्षहरूमा ढिलो गरी पुस्तक आउने समस्या हटेकाले अब छिट्टै पठनपाठन सुरु हुने भएको छ।
- विद्यालयहरूलाई तोकिएको स्थानबाट सरकारी स्वीकृत पुस्तक मात्र बुझिलिन नगरपालिकाले आग्रह गरेको छ।
रतन बहादुर रावल मुगु_कर्णाली प्रदेशका हिमाली जिल्ला हरुम नयाँ शैक्षिक सत्र म बैशाखको पहिलो हप्तामै पाठे पुस्तक पुगेको छ। कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगिसकेका छन्। नयाँ शैक्षिक सत्र२०८३ का लागि कक्षा १ देखि १० सम्मका सम्पूर्ण पाठ्यपुस्तक हरू हिजो बैशाख ७ गते मुगुको छायाँनाथ रारा नगरपालिका आइपुगेका छ।

पहिलेका वर्षहरूमा कर्णाली प्रदेशका विकट हिमाली जिल्लामा वैशाखको लासदेखि जेठ महिनाको अन्त्यतिर आउने पाठ्यपुस्तक अहिले समयमै आएपछि विद्यालयहरू अब छिट्टै सञ्चालन भएर पठनपाठन सुरु हुने भएको छ।
सबै विद्यालयहरूले आवश्यक समन्वय गरी तोकिएको स्थानबाट यथाशीघ्र पाठ्यपुस्तक बुझिलिनुहुन अनुरोध छ। गरिएको छायाँनाथ नगरपालिका ले जनाएको छ।नेपाल सरकारबाट स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्ने व्यवस्था रहेकोले सोहीअनुसार कार्यान्वयन गर्न समेत जानकारी गराइन्छ गराएका छन। पहिलेका वर्षहरूमा पहिले नै विद्यालयहरू खुले तापनि विद्यार्थीको हातमा पुस्तकहरु नहुँदा निकै समस्या हुने गरेको थियो।

