icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

सिन्धुलिका एकै परिवारका १६ जना बेपत्ता

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा एकै परिवारका १६ जना सदस्य गाउँबाट अचानक बेपत्ता भएका छन्। सोमबार बिहानदेखि सम्पर्कविहीन बनेको सो परिवारको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

Workplace

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार छेत्पा नजिकै भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कमा छैन। स्थानीयले उक्त परिवार सम्पर्कविहीन भएको सूचना प्रहरीलाई दिएका थिए।

उक्त सूचनाका आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए। ‘सूचना पाउनेबित्तिकै प्रहरी टोली हायुको घरमा पुगिसकेको छ’ उनले भने, ‘घरमा सामान्य क्षति देखिएको छ। कुखुरा, बाख्रा, भैंसीजस्ता पाल्तु जनावरहरू अलपत्र अवस्थामा छन्। तर घरमा कोही पनि छैनन्।’

घरमा कस्तो खालको क्षती भएको हो भन्ने खुलेको छैन। प्रहरीका अनुसार हराएका परिवारका सदस्यहरूको बारेमा स्थानीय जनप्रतिनिधि र गाउँलेहरूसँग पनि सोधपुछ भइरहेको छ। बेपत्ता परिवारको अवस्थाबारे अझै स्पष्ट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनालाई रहस्यमय भन्दै अनुसन्धानलाई प्राथमिकता दिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?