हुम्ला जिल्ला खार्पुनाथ गा पा वडा नम्बर ५ बामटा निबासी बर्ष ३५ कि सरिला शाहीको नेपाली सेनाको हेलिकप्टर ल्ब्– ०५५ नम्बरको हेलिकप्टर बाट उद्धार गरिएको हो ।

शनिबार बेलुका घरमै बच्चा जन्मिएको अहिलेसम्म सालनाल नआएका कारण यही ५ गते बेलुका ११ बजे जिल्ला अस्पताल हुम्लामा उपचारको लागि ल्याइएता पनि जिल्ला अस्पताल हुम्लामा उपचार सम्भव नभएका कारण जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा थप उपचारको लागी सुर्खेत लगिएको शाहीका श्रिमान भीमबहादुर शाहीले जानकारी दिएका छन् । शाहीलाई आईतबार बिहान बजे र ३२ मिनेटमा सदरमुकाम सिमकोटबाट उद्धार गरिएको हो । 

