छत्रदेव गाउँपालिकाको कक्षा ८को नतिजामा सहभागी सबै विद्यार्थी उत्तीर्ण

समाचार सारांश
Auto Generated by AI
  • छत्रदेव गाउँपालिकाले कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको छ।
  • परीक्षामा सहभागी सबै २९३ जना विद्यार्थी उत्तीर्ण भएर उत्कृष्ट नतिजा ल्याएका छन्।
  • तर सूचना सार्वजनिक गर्ने आधिकारिक डिजिटल माध्यम प्रयोग नहुँदा जानकारी पाउन ढिलाइ भएको छ।

अर्घाखाँची।  छत्रदेव गाउँपालिकाले आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ। गाउँपालिकाले मिति २०८२ साल चैत २६ गते सार्वजनिक गरेको विवरणअनुसार गाउँपालिकाभित्रका १९ वटा विद्यालय परीक्षामा सहभागी भएका थिए।

Workplace

प्रकाशित नतिजाअनुसार परीक्षामा २९३ विद्यार्थी सहभागी भएका थिए भने सबै २९३ विद्यार्थी ग्रेडेड भएका छन्। यससँगै गाउँपालिकाले यस वर्ष शतप्रतिशत (१०० प्रतिशत) नतिजा हासिल गरेको छ।

गाउँपालिकाभित्रका १९ विद्यालयका सबै विद्यार्थी उत्तीर्ण हुनु शिक्षा क्षेत्रका लागि सकारात्मक उपलब्धि देखिएको छ। विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको निरन्तर मार्गदर्शन तथा अभिभावकहरूको साथका कारण उत्कृष्ट नतिजा सम्भव भएको हुन सक्छ।

यद्यपि सार्वजनिक गरिएको नतिजा गाउँपालिकाको आधिकारिक सामाजिक सञ्जाल पेज तथा अन्य डिजिटल माध्यममा देखिएको थिएन। जिल्लाका अन्य पालिकाको नतिजा आधिकारिक सञ्जालबाट देखिएता पनि छत्रदेव गाउँपालिकाको नतिजा नदेखिँदा सरोकारवालाले जानकारी पाउन ढिलाइ भएको बताएका छन्। पछिल्लो समय स्थानीय तहहरूले सूचनाहरू अनलाइन माध्यमबाट सार्वजनिक गर्ने अभ्यास बढाइरहेका बेला यो नतिजा भने सीमित रूपमा मात्र सार्वजनिक भएको देखिएको छ।

शतप्रतिशत नतिजासँगै छत्रदेव गाउँपालिकाले शिक्षा क्षेत्रमा उत्साहजनक सन्देश दिएको छ। तर जिल्लाका अन्य पालिकाको कक्षा आठको  नतिजा सन्तोषजनक छैन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?