बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
  • कोहलपुरबाट राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

काठमाडौ – बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृ`त्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

Workplace

बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा पाँच बजेतिर गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक चार जना पैदलयात्रीलाई ठक्कर दिएको हो  ।

एम्बुलेन्सको ठक्करबाट गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका अन्दाजी ७ वर्षीय नाति रिहान्सको दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रकाशसिंह कार्कीले जानकारी दिएका हुन ।

एम्बुलेन्सको ठक्करबाट मृ`त्यु भएका लामिछाने योग गुरुसमेत रहेको स्थानीय बताएकाछन ।

दुर्घटनामा योग गुरु लामिछानेकी पत्नी ५० वर्षीया सीता र अर्का ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते छन् । घाइते दुवै जनालाई नेपालगञ्ज नर्सिङहोममा उपचारका लागि पठाइएको प्रहरी निरीक्षक कार्कीले भने।

बिहान योग गर्न गइरहेका उनीहरुलाई तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?