गायक मोतिराज र शान्तिश्रीको आवाजमा मार्मिक लोकगीत बिर्सु कसरी सार्वजनिक

समाचार सारांश
Auto Generated by AI
  • नवराज गौतमको वास्तविक जीवनको मार्मिक बिछोडको कथामा आधारित बिर्सु कसरी गीत सार्वजनिक भएको छ।
  • मोतिराज खनाल र शान्तिश्री परियारको स्वर रहेको यस गीतमा प्रेम र वियोगको गहिरो वेदना समेटिएको छ।
  • देवेन्द्र कुवरको निर्देशनमा बनेको म्युजिक भिडियोमा चर्चित कलाकारहरूको अभिनय रहेको छ।

अर्घाखाँची –  नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ।

Workplace

सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति बोकेको छ। गीतमा चर्चित गायक मोतिराज खनाल र लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरले भावनालाई अझ सशक्त बनाएको छ।

- Advertisement -Workplace

गीतको शब्द स्वयं नवराज गौतमले लेख्नुभएको हो भने संगीत संयोजन गायक मोतिराज खनालकै रहेको छ। महेन्द्र भण्डारीको संगीत संयोजनले गीतलाई कर्णप्रिय बनाएको छ। मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा तयार गरिएको यस गीतमा सुमन रानाले रेकर्डिङ र कुमार रानाले मिक्सिङको काम सम्हाल्नुभएको छ।

यस गीतको म्युजिक भिडियोमा नवराज गौतमसँगै सरिता ढुंगाना, भगवान भण्डारी, चन्दा बिडारी, कमला भुजेल, सागर गिरी, गीता खनाल, कृष्टीना शाह, सरिता कुवर, सिद्धार्थ कंडेल, साइब्रीना थिङ, बिक्रम थापा, लक्ष्मण खड्का लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन सयौं गीतमा निर्देशन गरिसक्नुभएका चर्चित निर्देशक देवेन्द्र कुवरले गर्नुभएको हो भने छायांकन दीपक गिरी र सम्पादन राजेश कुमारले गर्नुभएको छ।

यो गीतको कथावस्तु नवराज गौतमको वास्तविक जीवनमा आएको एक दर्दनाक घटनासँग जोडिएको छ। उनको जीवनमा अचानक बज्रपात पर्‍यो, जब अत्यन्तै माया गर्ने उनकी प्रेमिका पारिवारिक दबाब र यातनाका कारण असहनीय अवस्थाबाट गुज्रिन बाध्य भइन्। नवराजसँग छुट्टिएर बाँच्न नसक्ने अवस्थामा पुगेकी उनी आफ्ना आफन्तबाट सहयोगको अपेक्षामा थिइन्, तर उनको पुकार कसैले सुनेनन्। अन्ततः जबरजस्ती छुट्याइएपछि एक्लै बाँच्नुभन्दा संसार नै त्याग्ने कठोर निर्णय उनले गरिन्।

उनको त्यो निर्णयले नवराजलाई गहिरो पीडामा डुबायो। त्यही असहनीय बिछोड, सम्झना र भावनात्मक घाउलाई उनले “बिर्सु कसरी” मार्फत व्यक्त गरेका छन्। गीतले प्रेममा हार, सामाजिक बन्धन र मानवीय संवेदनाको कथा अत्यन्त मार्मिक ढंगले प्रस्तुत गर्दछ।

अनुभवी कलाकारहरूको संयुक्त प्रयासमा तयार भएको यो गीतले दर्शक तथा श्रोताको मन छोने विश्वास गरिएको छ। “बिर्सु कसरी” केवल एउटा गीत मात्र नभएर, एउटा वास्तविक पीडा र सम्झनाको जीवित अभिव्यक्ति बनेर आएको छ।

भिडियो

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?