काठमाडौ – हिमालय क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिँदै गएका छन्, जसको प्रत्यक्ष असर न केवल नेपालमा, तर भारतसहित सम्पूर्ण दक्षिण एशियाली क्षेत्रमा देखिँदैछ। जलवायु परिवर्तनका कारण तीव्र रुपमा घट्दै गएका यी हिमनदीहरूले लगभग २ अर्ब मानिसको पिउने पानी, कृषि र जलविद्युत् उत्पादनमा गम्भीर संकट ल्याउने खतरा उत्पन्न गरेको अनुमान गर्न सकिन्छ ।

हिमनदीहरूको पग्लँदै जाने क्रम र परिणाम ८,८४८ मिटर उचाइमा अवस्थित सगरमाथा (माउण्ट एभरेस्ट) ग्रहको सबैभन्दा अग्लो चुचुरो हो। तर यसको उचाइले यसलाई जलवायु परिवर्तनको असरबाट जोगाउन नसकिने वैज्ञानिकहरूको दाबी छ। । साउथ कोल नामक सगरमाथाको सबैभन्दा माथिल्लो हिमनदी १९९० को दशकको अन्तदेखि अहिलेसम्म ५४ मिटरभन्दा बढी घटिसकेको छ।

इंटरनेशनल सेन्टर फर इंटीग्रेटेड माउन्टेन डेभलपमेन्ट (ICIMOD) का क्रायोस्फियर विज्ञ शरद जोशीका अनुसार, पछिल्लो दशकमा हिमालय क्षेत्रका हिमनदीहरू ६५% तीव्रताका साथ पग्लिरहेका छन्। २०११ देखि २०२० को बीचमा हिन्दूकुश हिमालय क्षेत्रमा करिब ५६,००० हिमनदीहरू तीव्र गतिमा पग्लिएका थिए। शताब्दीको अन्त्यसम्म यी हिमनदीहरूले आफ्नो कुल आयतनको ८०% सम्म गुमाउन सक्ने अनुमान गरिएको छ।

नेपालको याला हिमनदीको स्थिति नेपालको लाङटाङ उपत्यकामा अवस्थित याला हिमनदी सबैभन्दा बढी अध्ययन गरिएको हिमनदीहरूमध्ये एक हो। सन् १९७४ देखि २०२१ सम्ममा यो हिमनदी एक तिहाइ पग्लिसकेको छ। ICIMOD को निगरानीमा रहेको यो हिमनदी हाल “ग्लोबल ग्लेशियर क्याजुअल्टी लिस्ट” मा सूचीकृत छ — जहाँ हालै लोप भइसकेका वा गम्भीर रूपमा जोखिममा रहेका हिमनदीहरू सूचीबद्ध रहेका छ्न ।
हिमनदी पग्लँदा बढेको बाढीको जोखिम जोशीका अनुसार, नेपालमा पग्लिरहेका हिमनदीहरूले स्थनीय र विश्वव्यापी रूपमा समाज तथा पारिस्थितिकीमा बहुआयामिक असर पारेका छन्। हिमनदीहरू पग्लँदा प्रोग्लेशियल तालहरूको निर्माण हुन्छ, जुन प्रायः हिम वा चट्टानी भग्नावशेषले बनेका बाँधहरूले घेरेका हुन्छन् (जसलाई मोरेन भनिन्छ)।


जब भू-कम्पन वा पहिरो जस्ता घटनाले यी बाँधहरू फुटाउँछ, तब विनाशकारी बाढी (हिमनदी ताल फुट्ने बाढी – GLOF) आउन सक्छ। यस्तो बाढीले गाउँ, सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारहरूमा व्यापक क्षति पुर्याउन सम्भावना तिब्र रहने अनुमान गर्न सकिन्छ ।
सिक्किमको दक्षिण लोनाक तालको घटना अक्टोबर २०२३ मा सिक्किमको दक्षिण लोनाक तालमा पहिरो जादा २० मिटर अग्लो छाल उठेको थियो, जसले लगभग ३८६ किलोमिटर लामा उपत्यकामा बाढी ल्यायो। यो विपत्तिमा ५५ जनाको मृत्यु भयो र ७० जना अझै बेपत्ता छन्। जुरिच विश्वविद्यालयका वातावरण विज्ञ क्रिश्चियन ह्युगेलका अनुसार, यस घटनाले उच्च हिमाली क्षेत्रहरू जलवायु परिवर्तनको प्रतिकूल असरको उच्च जोखिममा रहेको प्रमाणित गर्ने बताउछन्
ग्लोबल प्रभाव र भविष्यको खतरा हिमनदीहरूको तीव्र पग्लाइले गङ्गा, याङ्त्से र पीत नदीजस्ता विश्वका प्रमुख नदीहरूको बहावमा प्रत्यक्ष असर पार्ने बताइएकों छ । यसले कृषि उत्पादनमा ह्रास, खानेपानीको अभाव, जलविद्युत् उत्पादनमा असर र सम्पूर्ण पारिस्थितिक प्रणालीमा असन्तुलन ल्याउने र खतरापूर्ण हुने संकेत दिएको छ
उक्त ग्लेशियार पगलिए पोछी त्यहाँ चिसो वातावरणमा अनुकूल भएका थुप्रै वनस्पति तथा जनावर प्रजातिहरू लोप हुने खतरा बढ्दै गएको छ। त्यसैले हिमनदी संरक्षण, जलवायु अनुकूलन रणनीति र क्षेत्रीय सहयोग अनिवार्य बन्दै गएको छ। जलवायु परिवर्तन लाई समयमा नइ संरक्षण गर्न नसके भबिस्यमा यसले ठुलो असर प्राने छ ।
