निर्वाचनका लागि निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण सुनिश्चित हुनुप्रछ :अध्यक्ष केपी शर्मा ओली

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट आफ्नो पार्टी कहिल्यै नभाग्ने उल्लेख गर्दै निर्वाचनका लागि निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।

Workplace

सो पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बनाउन सरकार सफल हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले मुलुक निर्वाचनमा जाने विषयमा पार्टी स्पष्ट रहेको उल्लेख गर्दै त्यसका लागि एमाले सधैँ तयारी अवस्थामा रहेको धारणा राखे । केन्द्रीय कमिटी बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनका लागि सधैँ तम्तयार रहन र आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गरेको उनले जानकारी दिए ।

अध्यक्ष ओलीले नेकपा (एमाले) का तर्फबाट तोकिएकै समयमा समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइ सकिएको जानकारी दिए । पार्टीमा उम्मेदवार बन्न योग्य, समेट्नुपर्ने र भूमिका खेल्न सक्ने व्यक्तिहरू धेरै भए पनि तोकिएको ११० को सीमा, समावेशी क्लस्टर संरचना र भौगोलिक सन्तुलनका कारण सबै पक्ष पूर्णरूपमा समेट्न कठिन भएको उनले स्वीकार गरे ।

अध्यक्ष ओलीले पार्टी नेतृत्वले सिफारिस प्रक्रियाको विश्वसनीयता कायम राख्दै सबै पक्षलाई ध्यानमा राखेर उम्मेदवारको अन्तिम निर्णय गर्ने स्पष्ट पारे ।

निर्णय भइसकेपछि आकांक्षीहरूसहित सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध, दृढ सङ्कल्पित र उच्च मनोबलका साथ निर्वाचन अभियानमा होमिनुपर्ने उनको जोड थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?