icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

९ महिना मा काम खोज्दै ६ लाख ७ हजार ८ सय ७४ युवा विदेशिएका छन् ।

काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन-चैत) मा काम खोज्दै ६ लाख ७ हजार ८ सय ७४ युवा विदेशिएका छन् ।

Workplace

वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्र ७३ हजार ४ सय ३ युवाले श्रम स्वीकृति लिएका हुन । फागुनसम्म यो संख्या ५ लाख ३४ हजार ४ सय ७१ थियो ।

तथ्यांक अनुसार यस वर्ष औसत मासिक ६७ हजार ५ सय ४१ युवाले कामको खोजीमा देश छाडेका छन् । दैनिक औसत यो संख्या २२५१.३८ हुन आउँ छ ।

यस वर्ष साउनमा ५९ हजार ५ सय ७५ जना बिदेसिएको तथ्यांक छ । भदौमा ५७ हजार ४ सय ९३, असोज ५३ हजार ५ सय २५, कात्तिक ७० हजार ९ सय ९०, मंसिर ८४ हजार २ सय २६ र पुसमा ६७ हजार २ सय ५८ जना विदेशिएका हुन ।

त्यस्तै माघमा ७२ हजार ४ सय ४१ र फागुनमा ६८ हजार ९ सय ६३ तथा चैतमा ७३ हजार ४ सय ३ युवाले श्रम स्वीकृति लिएका छन् । चाडबाड लगत्तै नेपाली बढी विदेश जाने गरेको ट्रेन्ड दोहोरिएको हो ।

यस वर्ष सबैभन्दा धेरै नेपालीको गन्तव्य युएई रहेको छ । चैत २०८१ मा मात्र २३ हजार ६ सय ७१ युवाले यस मुलुकका लागि श्रम स्वीकृति लिएको देखिन्छ ।

योसँगै ९ महिनामा युएई जाने नेपालीको संख्या १ लाख ९६ हजार ९ सय २१ जना रहेको छ । यस वर्ष कुल १ सय ८ देशमा नेपाली श्रम स्वीकृति लिएर गएको देखिएको छ । यस वर्ष दोस्रो स्थानमा साउदी अरब र तेस्रो स्थानमा कतार छ ।

त्यसपछि मलेसिया र कुवेत लोकप्रिय गन्तव्यमा पर्छन् । यस वर्ष मलेसियाबाट नयाँ माग नआउँदा नेपालीको संख्या घट्दो टेन्डमा रहेको छ । साइप्रस, बहराइन, जापान, कोरिया, रोमानिया, ओमान सहित देशमा धेरै नेपाली कामको खोजीमा पुगेका छन् ।

नेपालबाट विदेशिनेमध्ये अर्धदक्ष कामदारको बाहुल्य छ । यद्यपि, अदक्ष कामदारको विदेश यात्रा अझै रोकिन सकेको छैन । चैत महिनामा मात्र विदेशिएका ७३ हजार ४ सय ३ मध्ये २१ हजार ६ सय ९५ युवा अदक्ष छन् ।

अर्धदक्ष युवा ४२ हजार ४ सय ५४ छन् । दक्ष कामदार संख्या ८ हजार ८ सय ९९ छ । व्यावसायिक कामदार २ सय ७७ र अतिदक्ष कामदार ७८ जनाले मुलुक छाडेको तथ्यांकमा देखिन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?