प्रेम सुनार काठमाडौं —डान्स युनिभर्स सिजन–२ अन्तर्गत सम्पन्न सांस्कृतिक नृत्य प्रतियोगितामा लक्ष्मण भण्डारीले प्रथम उपविजेता बन्ने गौरव प्राप्त गरेका छन्। निरन्तर अभ्यास, कठिन परिश्रम र नृत्यप्रतिको अटूट लगनले उनलाई यस स्तरसम्म पुर्याएको हो।

भण्डारीले प्रस्तुत गरेको कलात्मक नृत्यले निर्णायक मात्र होइन, सम्पूर्ण दर्शकलाई समेत मन्त्रमुग्ध बनाएको थियो। देशका विभिन्न क्षेत्रबाट आएका प्रतिभाशाली प्रतिस्पर्धीबीच भण्डारीले दिएको प्रदर्शनलाई सबैले उच्च प्रशंसा गरेका थिए।
उनको यस यात्रालाई सामान्य उपलब्धि मात्र नभई नेपाली कला र संस्कृतिको गौरवको रूपमा लिएका छ्न । स्थानीय समुदायदेखि राष्ट्रियस्तरका कलाकार र नृत्य–प्रेमीहरूले बधाईसहित उनको प्रतिबद्धतालाई सलाम गरेका छन्। नृत्य क्षेत्रमा देखाएको दृढता र अनुशासनले नयाँ पुस्तालाई समेत प्रेरित गर्ने अपेक्षा समेत गरिएको छ ।
भण्डारीले भनेका छन् “यो सफलता मेरो मात्र होइन, सम्पूर्ण समुदायको हो। साथी–भाइ, गुरुजन, परिवार र दर्शकहरूले दिएको माया र समर्थनकै कारण म यहाँसम्म आइपुगेको हुँ।”
यस प्रतियोगितामा पहिलो स्थान अर्का प्रतिभाशाली नर्तकले जितेका भए पनि भण्डारीको प्रस्तुति असाधारण मानिएको थियो। उपविजेता उपाधिले उनलाई नृत्य यात्रामा अझ प्रोत्साहन दिएको बताएका छ्न हार जित यो नियम हो आगमी दिनमा अझै राम्रो गर्ने भन्डारी बताउँछन ।
भण्डारीले नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने आफ्नो लक्ष्य स्पष्ट पार्दै भनेका छन्,
“मेरा प्रत्येक पाइला, प्रत्येक नृत्यकला नेपाली संस्कृति र पहिचानलाई संसारभर पुर्याउने उद्देश्यका लागि समर्पित रहनेछ।”उनी बताउँछन ।
