icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

“शिक्षा” आवाश्यक्ता, ब्यापार या समस्या के छ समाधान ??

बाबु रोका मगर ।

Workplace

समय गतिशिल छ समयको गती संगै अहिलेका बच्चा-बच्ची,युवा-युवती र यिनिहरुका अभिभावक पनि शिक्षाकै माध्यम बाट आफ्ना करीअर बनाउन लागि परीरहेका छन |शिक्षा अहिलेको समयमा मानव जातिको लागी मुख्य आधार मानिएको छ तर नेपालको ग्रामीण क्षेत्रमा भएका सरकारी विद्यालय मा पढाई गुणस्तरीय नहुँदा राम्रो आय भएकाहरु शहर पस्ने गरेका छन भने आर्थिक अवस्था न्युन भएका बिद्यार्थीहरु मर्कामा परेका छन | यसले गाउँ र गाउँले बिद्यार्थी हरुलाई नकरात्मक असर पारेको छ  |

२०४६ को परिवर्तनपछि ग्रामीण क्षेत्रमा स्कुल खोल्ने लहर चल्यो । विद्यालय खोल्न त्यसअघि पञ्चायत समर्थक नै हुनुपर्ने अवस्था थियो । प्रजातन्त्रसँगै शिक्षा फैलन थाल्यो । अहिले आएर आवश्यकता र विश्लेषणभन्दा पनि बदलिँदो स्वतन्त्रतामा मागका आधारमै विद्यालय दिइयो । तर सरकारले अनुगमन र नक्सांकन गरेन । न त भौतिक पूर्वाधारै हेरियो । राजनीतिक दलहरूले कार्यकर्तालाई जागिर खुवाउन पनि स्कुल सञ्चालनमा ल्याए । ती विद्यालयको शिक्षामा गुणस्तरीय नहुँदा छोराछोरी पढाउन शहरमै बसाइँ सर्नुपर्ने बाध्यता छ भयो यसले ग्रामीण क्षेत्रमा विद्यार्थी अभाव हुन थाल्यो । राम्रो पढाएर विद्यार्थी आकषिर्त गर्नुको सट्टा सरकारले विद्यालय गाभ्ने नीति अवलम्बन गर्‍यो । विद्यार्थी अभावमा अहिले विद्यालय बन्द हुने लहरै चलेको छ ।

के राम्रो शिक्षा प्राप्तीको लागि शहरको मुख नै ताक्नु पर्ने हो त प्रश्न उठ्छ?
शिक्षा अहिले ज्ञान र चेतना को लागि मात्र नभएर एउटा पैसा कमाउने माध्यम अथवा ब्यापार ब्यबसाय जस्तै भईसकेको छ | अधिकांस शहर हरुका प्रत्येक गल्ली गल्लीहरुमा मा प्राइवेट बिद्यालय (कम्पनी) खोलिएका छन भने ठीक त्यसको बिपरित ग्रामीण क्षेत्र का बिद्यालयहरु बिद्यार्थीहरुको अभाव मा बन्द हुने निश्चित भई सकेको छ |

शिक्षा ग्रहण गर्नका निमित्त पैदल हिड्दै घण्टौ समय लगाएर जाँदा बिद्यालय पुग्ने बितिकै थकाई को कारण पहिलो घण्टी मा नै निन्द्रा लाग्ने र शिक्षकले पढाएको बुझ्न नसक्ने कयौ गाउँले बिद्यार्थीहरुको गुनासो छ | टाढा को बिद्यालय सानो उमेर का केटाकेटीहरु लाई बिद्यालय पठाउन पनि दु:ख अनी डर लाग्ने भएको ले विद्यार्थी का अभिभावकहरु चिन्तामा हुन्छन यस प्रती कुनै राजनीतिक दलका नेता र सरकारी निकायका पदाधिकारी हरुको ध्यान जान सकेको छैन |

शिक्षक तथा अभिभावकले शैक्षिक गुणस्तर उकासेर विद्यार्थी आकषिर्त गर्नुपर्ने पहिलो शर्त भए पनि पहल नहुँदा समस्या आएको हो । ‘सामुदायिक विद्यालयले गुणस्तर शिक्षा दिएर शैक्षिक नेतृत्व लिन सक्नुपर्छ,’  व्यवस्थापन सुधार्दै कम्तीमा अंग्रेजी माध्यममा पढाउनुपर्छ ।’ शिक्षकले आफ्नै विद्यालयमा छोराछोरी पढाउनुपर्ने, राजस्वबाट तलब खानेले चेतना फैलाउनुपर्ने र पेसालाई व्यवसायिकता दिनुपर्छ । भएका थोरैलाई पनि कसरी हुन्छ शिक्षा दिनुपर्ने नीति सरकारले लिनुपर्छ । शिक्षक दरबन्दी मिलान क्रममा अत्यधिक/न्यून विद्यार्थी भएका र भौगोलिक रूपमा सम्भव रहेका विद्यालयलाई एकीकरणमा प्रोत्साहन गर्ने शिक्षा विभागको नीति छ ।  गाउँका बस्ती रित्तो हुँदै छन् ।

विदेश जाने युवाका श्रीमती आफ्ना बालबालिकाको भविष्य उज्ज्वल गराउन भन्दै गाउँको विद्यालयमा पढेका छोराछोरी लिएर शहरबजार पसेका छन् । यदी यस्तै क्रम बढ्दै गयो भने आगामी दिन हरुमा गाउँ र गाँउमा पढ्ने विद्यार्थीहरुको भविश्य कस्तो होला…..? यसको जिम्मेदार को होला ? के छ त उपाय ?? कसैले सोचेको छ होला??

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?