जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुले साढे २ करोड क्षतिपूर्ति पाउने फैसला

समाचार सारांश
Auto Generated by AI
  • जहाजमा कफी पोखिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले साढे २ करोड बढी क्षतिपूर्ति दिने फैसला भएको छ।
  • अदालतले मोन्ट्रियल कन्भेन्सन र उपभोक्ता संरक्षण ऐन बमोजिम उक्त रकम तिर्न एयरवेजलाई आदेश दिएको हो।
  • तीन वर्षअघि यात्रु प्रिती थापामाथि जहाजका कर्मचारीले कफी पोखिदिएपछि उहाँले कानुनी उपचार खोज्नुभएको थियो।

काठमाण्डौ – जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले साढे २ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिनुपर्ने भएको छ ।

Workplace

उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको हिजोको इजलासले २ करोड ६१ लाख ५२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।

कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सन अनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ र उपभोक्ता संरक्षक ऐन अनुसार थप २० लाख रुपैयाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ ।

झण्डै तीन वर्षअघि बोस्टनबाट दोहा हुँदै काठमाण्डौ फर्किने क्रममा ललितपुरकी प्रिती थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते हुनुभएको थियो ।

उहाँले २० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गर्नुभएको थियो ।

यसअघि थापाले एयरवेजसँग आन्तरिक रूपमै क्षतिपूर्ति दाबी गरे पनि कम्पनी तयार नभएपछि अदालत जानुभएको हो ।

उहाँले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सन अनुसार क्षतिपूर्ति माग गर्नुभएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?