जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुले साढे २ करोड क्षतिपूर्ति पाउने फैसला

समाचार सारांश
Auto Generated by AI
  • जहाजमा कफी पोखिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले साढे २ करोड बढी क्षतिपूर्ति दिने फैसला भएको छ।
  • अदालतले मोन्ट्रियल कन्भेन्सन र उपभोक्ता संरक्षण ऐन बमोजिम उक्त रकम तिर्न एयरवेजलाई आदेश दिएको हो।
  • तीन वर्षअघि यात्रु प्रिती थापामाथि जहाजका कर्मचारीले कफी पोखिदिएपछि उहाँले कानुनी उपचार खोज्नुभएको थियो।

काठमाण्डौ – जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले साढे २ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिनुपर्ने भएको छ ।

Workplace

उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको हिजोको इजलासले २ करोड ६१ लाख ५२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।

- Advertisement -Workplace

कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सन अनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ र उपभोक्ता संरक्षक ऐन अनुसार थप २० लाख रुपैयाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ ।

झण्डै तीन वर्षअघि बोस्टनबाट दोहा हुँदै काठमाण्डौ फर्किने क्रममा ललितपुरकी प्रिती थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते हुनुभएको थियो ।

उहाँले २० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गर्नुभएको थियो ।

यसअघि थापाले एयरवेजसँग आन्तरिक रूपमै क्षतिपूर्ति दाबी गरे पनि कम्पनी तयार नभएपछि अदालत जानुभएको हो ।

उहाँले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सन अनुसार क्षतिपूर्ति माग गर्नुभएको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?