डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

समाचार सारांश
Auto Generated by AI
  • बुटवलमा जारी डीसीसी प्रिमियर लिगमा सिद्धार्थ रोयलले एसजिए माभेरिक्सलाई १४ रनले हरायो।
  • सिद्धार्थ रोयलका मदन अधिकारीले २६ बलमा ५४ रन प्रहार गर्दै खेलको उत्कृष्ट खेलाडी बने।
  • रनको लक्ष्य पछ्याएको माभेरिक्स १३१ रनमा समेटिएपछि सिद्धार्थ रोयल विजयी भयो।

बुटवल । हिजो मिति २०८३ साल जेठ ९ गते शनिबार सम्पन्न भएको सिटी एक्सप्रेस प्रस्तुत डीसीसी प्रिमियर लिग सिजन–२, एक्सपोर्ट एजुकेशनद्वारा प्रवर्द्धित प्रतियोगिताको दोस्रो खेलमा सिद्धार्थ रोयल ले एसजिए माभेरिक्स लाई १४ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

Workplace

पहिले ब्याटिङ गरेको सिद्धार्थ रोयलले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै १४५ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। टोलीका लागि मदन अधिकारीले विस्फोटक ब्याटिङ गर्दै केवल २६ बलमा ५४ रन जोडे। उनले आफ्नो आकर्षक इनिङमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए।

यस्तै ईश्वरी पुनले २९ रन, जनक न्यौपानेले २३ रन तथा जगत क्षेत्रीले २१ रनको महत्वपूर्ण योगदान दिएका थिए।

१४६ रनको लक्ष्य पछ्याएको एसजिए माभेरिक्सले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै १३१ रन मात्र बनाउन सक्यो। टोलीका लागि शुभम क्षेत्रीले संघर्षपूर्ण ५४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।

बलिङतर्फ सिद्धार्थ रोयलका जगत क्षेत्री, जीवेश पन्त, ओम टण्डन, जनक न्यौपाने र ईश्वरी पुनले समान १–१ विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।

आक्रामक अर्धशतकीय इनिङ खेलेका मदन अधिकारी खेलको उत्कृष्ट खेलाडी घोषित भए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड ।

छुटाउनुभयो कि ?