सुनवलको दुखद ट्याक्टर दुर्घटनापछि ट्राफिक जनचेतनामूलक अभियान सुरु

रबिन्द्र यादव – पश्चिम नवलपरासी – केही दिनअघिको सुनवल नगरपालिकाको बडेरा स्थित उखु लोड गरिएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गुमेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय भुमही पश्चिम नवलपरासीले तत्काल जनचेतनामूलक अभियान सुरु गरेको छ ।

Workplace

ट्राफिक प्रहरी बेलाटारीका टोली उखु विक्री हुने प्रमुख बेलाटारी,कुडिया,नरसही,पिपरपाती,गुठीपरसौनी,बैदौली,खरेटवा, खैरहनी लगायतका सेन्टरहरूमा पुगेर चालक, सह चालक, व्यवसायी स्थानीयवासीहरूलाई सचेत गराइरहेका छन् । टोलीले ओभरलोड नगर्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित गति अपनाउन जोड दिएका छन्। दुर्घटनाले परिवार र समुदायमा पारेको पीडा र क्षति सम्झँदै, ट्राफिक प्रहरीले जनतालाई सडक सुरक्षा प्रति सचेत गराउने उद्देश्य राखेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भुमहीका प्रमुख माधव प्रसाद चौधरीले भने, “हामीले भर्खरै ठूलो मानवीय क्षति भोगेका छौं। यस अभियानको मुख्य उद्देश्य अरूलाई यस्तै दुख भोग्न नपरोस् भन्ने हो। सडक सुरक्षा केवल नियमको पालन मात्र होइन, जीवनको सुरक्षा पनि हो।”

स्थानीयवासीहरूले प्रहरीको पहललाई सकारात्मक प्रतिक्रिया दिएका छन्। अभियान आगामी दिनहरूमा अन्य उखु केन्द्र र बजार क्षेत्रमा पनि जारी रहने छ। ट्राफिक प्रहरीले नियमित निरीक्षण र नियम पालना कडाइ गर्दै समुदायलाई सडक सुरक्षा अभ्यासमा सहभागी गराउने योजना बनाएको छ । प्रतापपुर,सुस्ता र सरावल गाउँपालिका उखुको मुख्य बालीको रुपमा चिनिन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?