कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड ।

समाचार सारांश
Auto Generated by AI
  • मुगुको परिवेशमा बनेको लघु चलचित्र ह्याप्पीनेसले कर्णाली इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट लघु चलचित्रको उपाधि जितेको छ।
  • यस चलचित्रले नेपाल र भारतमा आयोजित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत उत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रको अवार्ड जित्न सफल भएको छ।
  • दुर्गम क्षेत्रको कला र संस्कृतिलाई विश्वसामु चिनाउने यो सफलताले मुगुका स्थानीय कलाकार तथा फिल्मकर्मीमा नयाँ उत्साह थपेको छ।

मुगु रतन रावल
फ्लाइङ फेदर फिल्म्स प्रोडक्सन (Flying Feather Films Production द्वारा निर्माण गरिएको छोटो चलचित्र  ह्याप्पीनेस ले ‘कर्णाली इन्टरनेसनल फिल्म फेस्टिभल’ KIFF मा उत्कृष्ट लघु चलचित्र Best Short Film को उपाधि जित्न सफल भएको छ।मुगु जस्तो विकट र दुर्गम क्षेत्रमा अनेकौँ कठिनाइका बावजुद छायाँकन गरिएको यस चलचित्रले स्थानीय कला, संस्कृति र जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। मुगुका कैयौँ पुराना सांस्कृतिक पाटा, परम्परागत भेषभुषा, रीतिरिवाज र यथार्थलाई प्रभावकारी रूपमा चित्रण गर्दै यस चलचित्र ले निर्णायक मण्डल ज्युरी बाट उच्च प्रशंसा पाउनुका साथै दर्शकहरूको मन समेत जितेको छ।
अन्तर्राष्ट्रिय मञ्चमा पनि अब्बल
यो चलचित्रले नेपालमा मात्र नभई भारतमा आयोजित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत ‘Best International Short Film’ अवार्ड जितेर कर्णाली र सिंगो नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ।

Workplace

विशेष समारोह र टिमको प्रतिक्रिया अनुसार
चलचित्रको यो भव्य सफलताको खुसीयालीमा आज एक विशेष समारोह आयोजना गरी फ्लाइङ फेदर प्रोडक्सन मुगुको टोलीलाई बधाई तथा सम्मान ज्ञापन गरिएको छ। समारोहमा बोल्दै निर्माण टिमले यो उपलब्धि केवल एउटा पुरस्कार मात्र नभएर कर्णालीको कला, प्रतिभा र सिर्जनात्मक क्षमताको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएको ठुलो सम्मान भएको बताए।चलचित्रलाई शैलेश हमाल ले निर्देशन गरेका हुन् भने लछायाँकन  उब्जन विक गरेका हुन्। त्यसैगरी, डबल बि क ले फोली आर्टिस्ट (Foley Artist को भूमिका निर्वाह गरेका छन् भने राजेन्द्र शाही कास्टिङ र समुन कुमार शाही सम्पादन Editing र कलाकारमा अस्मिता हमाल रहेकिछन फ्लाइङ फेदर फिल्म्स प्रोडक्सनकै प्रस्तुति र निर्माणमा यो चलचित्र तयार भएको हो।
स्थानीयमा नयाँ उत्साहा
यस ऐतिहासिक उपलब्धिसँगै मुगु जिल्लाको फिल्म क्षेत्रप्रति नयाँ आशा र उत्साह थपिएको स्थानीय कलाकार तथा दर्शकहरूले बताएका छन्। आगामी दिनमा पनि कर्णालीका लुकेका कथा, मौलिक संस्कृति, पर्यटन र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यका साथ अझ उत्कृष्ट चलचित्रहरू निर्माण गर्दै जाने प्रतिबद्धता निर्माण टोलीले व्यक्त गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?