
- मुगुको कथामा आधारित ह्याप्पीनेस चलचित्रले कर्णाली इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट लघु चलचित्रको उपाधि जितेको छ।
- यो चलचित्रले भारतमा समेत बेस्ट इन्टरनेसनल सर्ट फिल्मको अवार्ड जित्दै कर्णालीको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ।
- यस सफलताले स्थानीय क्षेत्रमा फिल्म निर्माणप्रति नयाँ उत्साह थपेको छ र भविष्यमा थप मौलिक चलचित्र बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
मुगु रतन रावल
फ्लाइङ फेदर फिल्म्स प्रोडक्सन (Flying Feather Films Production द्वारा निर्माण गरिएको छोटो चलचित्र ह्याप्पीनेस ले ‘कर्णाली इन्टरनेसनल फिल्म फेस्टिभल’ KIFF मा उत्कृष्ट लघु चलचित्र Best Short Film को उपाधि जित्न सफल भएको छ।
मुगु जस्तो विकट र दुर्गम क्षेत्रमा अनेकौँ कठिनाइका बावजुद छायाँकन गरिएको यस चलचित्रले स्थानीय कला, संस्कृति र जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। मुगुका कैयौँ पुराना सांस्कृतिक पाटा, परम्परागत भेषभुषा, रीतिरिवाज र यथार्थलाई प्रभावकारी रूपमा चित्रण गर्दै यस चलचित्र ले निर्णायक मण्डल ज्युरी बाट उच्च प्रशंसा पाउनुका साथै दर्शकहरूको मन समेत जितेको छ।
अन्तर्राष्ट्रिय मञ्चमा पनि अब्बल
यो चलचित्रले नेपालमा मात्र नभई भारतमा आयोजित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत ‘Best International Short Film’ अवार्ड जितेर कर्णाली र सिंगो नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ।

विशेष समारोह र टिमको प्रतिक्रिया अनुसार
चलचित्रको यो भव्य सफलताको खुसीयालीमा आज एक विशेष समारोह आयोजना गरी फ्लाइङ फेदर प्रोडक्सन मुगुको टोलीलाई बधाई तथा सम्मान ज्ञापन गरिएको छ। समारोहमा बोल्दै निर्माण टिमले यो उपलब्धि केवल एउटा पुरस्कार मात्र नभएर कर्णालीको कला, प्रतिभा र सिर्जनात्मक क्षमताको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएको ठुलो सम्मान भएको बताए।
चलचित्रलाई शैलेश हमाल ले निर्देशन गरेका हुन् भने छायाँकन उब्जन विक गरेका हुन्। त्यसैगरी, डबल बि क ले फोली आर्टिस्ट (Foley Artist को भूमिका निर्वाह गरेका छन् भने राजेन्द्र शाही कास्टिङ र समुन कुमार शाही सम्पादन Editing र कलाकारमा अस्मिता हमाल रहेकिछन फ्लाइङ फेदर फिल्म्स प्रोडक्सनकै प्रस्तुति र निर्माणमा यो चलचित्र तयार भएको हो।
स्थानीयमा नयाँ उत्साहा
यस ऐतिहासिक उपलब्धिसँगै मुगु जिल्लाको फिल्म क्षेत्रप्रति नयाँ आशा र उत्साह थपिएको स्थानीय कलाकार तथा दर्शकहरूले बताएका छन्। आगामी दिनमा पनि कर्णालीका लुकेका कथा, मौलिक संस्कृति, पर्यटन र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ अझ उत्कृष्ट चलचित्रहरू निर्माण गर्दै जाने प्रतिबद्धता निर्माण टोलीले व्यक्त गरेको छ।
