निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

समाचार सारांश
Auto Generated by AI
  • डीसीसी प्रिमियर लिगमा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले पराजित गर्‍यो।
  • मेगा राइनोजले दिएको १२५ रनको लक्ष्य एपीएसले १४ ओभरमै पूरा गर्‍यो।
  • रनको विस्फोटक अविजित इनिङ खेलेका निरज बिष्ट प्लेयर अफ द म्याच भए।

बुटवल । आज आइतबार सम्पन्न भएको सिटी एक्सप्रेस प्रस्तुत डीसीसी प्रिमियर लिग सिजन–२, एक्सपोर्ट एजुकेशनद्वारा प्रवर्द्धित प्रतियोगिताअन्तर्गतको रोमाञ्चक खेलमा एपीएस युनाइटेड ले मेगा राइनोज लाई ४ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ।

Workplace

- Advertisement -Workplace

पहिले ब्याटिङ गरेको मेगा राइनोजले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनाएको थियो। टोलीका लागि संगम अधिकारीले ४५ रन तथा तारा बस्यालले आक्रामक २५ रनको योगदान दिएका थिए।

१२५ रनको लक्ष्य पछ्याएको एपीएस युनाइटेडले १४ ओभरमै ६ विकेट गुमाउँदै १२६ रन बनाएर उत्कृष्ट जित निकालेको हो। टोलीको जितमा निरज बिष्ट नायक बने। उनले विस्फोटक ब्याटिङ गर्दै केवल ३७ बलमा अविजित ८८ रन जोडे। उनको उत्कृष्ट इनिङमा ५ चौका र १० छक्का समावेश थिए।

यस्तै समर कुँवरले ९ रन बनाएर टोलीको जितमा महत्वपूर्ण साथ दिएका थिए।

बलिङतर्फ एपीएस युनाइटेडका समर कुँवर, गौरव ज्ञवाली र प्रभात न्यौपानेले समान २–२ विकेट लिएर टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।

मेगा राइनोजका सन्देश नेपाली र तारा बस्यालले समान २–२ विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन्।

विस्फोटक अविजित अर्धशतकीय इनिङ खेलेका निरज बिष्ट खेलको उत्कृष्ट खेलाडी घोषित भए।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?