
- डीसीसी प्रिमियर लिगमा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले पराजित गर्यो।
- मेगा राइनोजले दिएको १२५ रनको लक्ष्य एपीएसले १४ ओभरमै पूरा गर्यो।
- रनको विस्फोटक अविजित इनिङ खेलेका निरज बिष्ट प्लेयर अफ द म्याच भए।
बुटवल । आज आइतबार सम्पन्न भएको सिटी एक्सप्रेस प्रस्तुत डीसीसी प्रिमियर लिग सिजन–२, एक्सपोर्ट एजुकेशनद्वारा प्रवर्द्धित प्रतियोगिताअन्तर्गतको रोमाञ्चक खेलमा एपीएस युनाइटेड ले मेगा राइनोज लाई ४ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ।


पहिले ब्याटिङ गरेको मेगा राइनोजले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनाएको थियो। टोलीका लागि संगम अधिकारीले ४५ रन तथा तारा बस्यालले आक्रामक २५ रनको योगदान दिएका थिए।
१२५ रनको लक्ष्य पछ्याएको एपीएस युनाइटेडले १४ ओभरमै ६ विकेट गुमाउँदै १२६ रन बनाएर उत्कृष्ट जित निकालेको हो। टोलीको जितमा निरज बिष्ट नायक बने। उनले विस्फोटक ब्याटिङ गर्दै केवल ३७ बलमा अविजित ८८ रन जोडे। उनको उत्कृष्ट इनिङमा ५ चौका र १० छक्का समावेश थिए।
यस्तै समर कुँवरले ९ रन बनाएर टोलीको जितमा महत्वपूर्ण साथ दिएका थिए।
बलिङतर्फ एपीएस युनाइटेडका समर कुँवर, गौरव ज्ञवाली र प्रभात न्यौपानेले समान २–२ विकेट लिएर टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।
मेगा राइनोजका सन्देश नेपाली र तारा बस्यालले समान २–२ विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन्।
विस्फोटक अविजित अर्धशतकीय इनिङ खेलेका निरज बिष्ट खेलको उत्कृष्ट खेलाडी घोषित भए।
