डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

समाचार सारांश
Auto Generated by AI
  • बुटवलमा सुरु भएको डीसीसी प्रिमियर लिगको उद्घाटन खेलमा प्रिन्ट हब किङले मेगा राइनोजलाई ४ विकेटले पराजित गर्‍यो।
  • पहिले ब्याटिङ गरेको मेगा राइनोजले ७८ रन बनाएकोमा प्रिन्ट हबले उक्त लक्ष्य ६ विकेट गुमाएर पूरा गर्‍यो।
  • ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका प्रकाश न्यौपाने खेलको उत्कृष्ट खेलाडी घोषित भए।

बुटवल । हिजो मिति २०८३ साल जेठ ९ गते शनिबार सम्पन्न भएको सिटी एक्सप्रेस प्रस्तुत डीसीसी प्रिमियर लिग सिजन–२, एक्सपोर्ट एजुकेशनद्वारा प्रवर्द्धित प्रतियोगिताको उद्घाटन खेलमा प्रिन्ट हब किङ ले मेगा राइनोज लाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

Workplace

पहिले ब्याटिङ गरेको मेगा राइनोजले १३ दशमलव २ ओभरमा ८ विकेट गुमाउँदै ७८ रन बनाएको थियो। टोलीका लागि मदन ज्ञवालीले सर्वाधिक २१ रनको योगदान दिएका थिए।

७९ रनको लक्ष्य पछ्याएको प्रिन्ट हब किङले १३ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै ८० रन बनाएर रोमाञ्चक जित हात पारेको हो। टोलीको जितमा प्रकाश न्यौपाने नायक बने। उनले अविजित ४० रनको उत्कृष्ट इनिङ खेलेका थिए।

बलिङतर्फ पनि प्रभावशाली प्रदर्शन गरेका प्रकाश न्यौपानेले २ ओभरमा ११ रन खर्चेर १ विकेट लिन सफल भए। ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो।

किङस् का बलर बिपिन भट्टराईले ३ विकेट तथा गणेश पाण्डेले २ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे गरेका थिए।

यससँगै डीसीसी प्रिमियर लिग सिजन–२ को उद्घाटन खेल निकै रोमाञ्चक बनेको छ भने आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड ।

छुटाउनुभयो कि ?