छ महिनामै आमा गुमाएका रबिन ओछ्यान परे थला, बजैको सहारामा कष्टकर जीवन।

समाचार सारांश
Auto Generated by AI
  • मुगुका असक्त बालक रबिन रावलको दयनीय अवस्था र उपचारको अभाव छ।
  • सहयोगीहरूबाट तत्कालका लागि खाद्यान्न राहत प्राप्त भएको छ।
  • बालकको जीवन बचाउन थप आर्थिक र दीर्घकालीन सहयोगको खाँचो छ।

रतन रावल मुगु, जेठ ९ गते ।
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं.८झ्यारि  गाउँका बालक रबिन रावल अहिले जीवन र मरणको दोसाँधमा छन्। जन्मिएको छ महिनामै आमा गुमाएर टुहुरा बनेका रबिनको पछिल्लो समय आफ्नै शरीरका केहि अङ्गहरू समेत चल्न छाडेपछि अवस्था झनै दयनीय बनेको हो।शरीर पूर्ण रूपमा असक्त भएपछि उनलाई आफैं खाना खान र दैनिक क्रियाकलाप गर्न समेत सम्भव छैन। हाल उनी मन्दु गाउँमा आफ्नी बुढि बजैको सहारामा कष्टकर जीवन बिताइरहेका छन्। उचित स्याहारसुसार र आर्थिक अभावका कारण बालकको जीवन रक्षामा ठूलो चुनौती थपिएको छ।एभी न्यूज टेलिभिजनमा उनको यो हृदयविदारक अवस्थाबारे समाचार सम्प्रेषण भएपछि केही सकारात्मक पहलहरू भने सुरु भएका छन्। समाचार सार्वजनिक भएसँगै देश–विदेशमा रहेका सहयोगी मनहरू पग्लिएका छन्। विभिन्न सहयोगी व्यक्ति मुगु जिल्लाको मुगुम कारमारुङ गाउँपालिका वडा नं ७ मह गाउँका पेमा वाङजुक लाम जुम्ला धावाक खेलाडी धीर बुढा र समाजसेवी अर्का युवा तीनजनाले ११ हजार बराबरको खाद्यान्न सामग्री बालक र उनकी बजैको तत्कालको गुजाराका लागि खाद्यान्न सामग्रीहरू सहयोग स्वरूप उपलब्ध गराउएका छन।सहयोगीहरूबाट प्राप्त खाद्यान्नले तत्कालको भोक टार्न केही राहत मिले पनि बालकको दिगो स्वास्थ्य उपचार र दीर्घकालीन संरक्षणका लागि अझै ठूलो आर्थिक सहयोगको आवश्यकता रहेको स्थानीय ले बताएका छन्। एउटा अबोध बालकलाई बचाउन र वृद्ध बजैको आँसु पुछ्नका लागि थप सहयोगी हातहरूको अपेक्षा गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?