
- नारायणी नदीको पुलमा अड्किएको राइनो क्रुज निकाल्ने तयारी सुरु भएको छ।
- प्राविधिकहरूसँगको छलफलपछि पुललाई क्षति नहुने गरी क्रुज निकाल्ने प्रयास भइरहेको छ।
- क्रुज निकाल्नका लागि आवश्यक यान्त्रिक उपकरणहरूलाई तयारी अवस्थामा राखिएको छ।
चितवन।नारायणी नदीको पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने तयारी गरिएको छ।

प्राविधिक स्तरमा छलफलपछि ‘राइनो क्रुज’ निकाल्ने तयारी गरिएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान ७ः२० बजेसम्म पुललाई क्षति नहुने गरी क्रुज निकाल्ने प्रयासका लागि प्राविधिक छलफल भइरहेको छ। क्रुज निकाल्न आवश्यक यान्त्रिक उपकरणसमेत तैनाथ अवस्थामा राखिएको कार्यालयले जनाएको छ।
