
- सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले घटेको छ।
- सुनको मूल्य तोलामा दुई लाख ९४ हजार तीन सय रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि तोलामा एक सय ४५ रुपैयाँले घटेर चार हजार पाँच सय १० रुपैयाँ पुगेको छ।
काठमाडौं।सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार दुई लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १४५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला चार हजार ६५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार चार हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
