हिमपातमा थुनिएका भेडीगोठालाको उद्धार गर्न टोली पाटनतर्फ

समाचार सारांश
Auto Generated by AI
  • मुगुको गिडिदह पाटनमा बाक्लो हिमपातका कारण १३ जना भेडीगोठाला थुनिएका छन्।
  • सुरक्षित रहेका सबै गोठालाको उद्धारका लागि प्रहरीसहितको टोली पाटनतर्फ गएको छ।
  • निरन्तरको हिमपात र कठिन भौगोलिक अवस्थाले गर्दा उद्धार कार्यमा चुनौती थपिएको छ।

रतन रावल मुगु-जुम्लाको गिडिदह पाटन क्षेत्रमा बाक्लो हिमपातका कारण थुनिएका १३ जना भेडीगोठालाको उद्धारका लागि टोली पाटनतर्फ गएको छ।

Workplace

हिमपातका कारण बाटो हिउँले ढाकिएपछि गोठालाहरू पाटनमै रोकिएका छन्। यसअघि सम्पर्कविहीन भएका ६ जना समेत अहिले प्रहरीको सम्पर्कमा आएका छन्। उनीहरू सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ।
उद्धारका लागि प्रहरी सहायक निरीक्षक कालीबहादुर महतको नेतृत्वमा सात जना सुरक्षाकर्मी र एक जना नगर प्रहरीसहितको टोली परिचालन गरिएको छ। गोठालाका दुई जना आफन्त पनि टोलीसँगै पाटनतर्फ गएका छन्।

निरन्तर हिमपात भइरहेकाले चिसो बढेको र थप हिउँ परे जोखिम बढ्न सक्ने भन्दै गोठालाहरूले तत्काल उद्धारको आग्रह गरेका छन्। कठिन भौगोलिक अवस्था र बाक्लो हिउँका कारण उद्धार टोलीलाई गन्तव्यसम्म पुग्न चुनौती रहेको प्रहरीले जनाएको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?