नेपालका बाढीपीडितलाई २ करोड भारतीय रुपैयाँ सहयोग

समाचार सारांश
Auto Generated by AI
  • माता अमृतानन्दमयी देवीले नेपालका बाढी र पहिरो पीडितलाई २ करोड भारु सहयोग गर्नुभएको छ।
  • उक्त सहयोग रकम नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत हस्तान्तरण गरिएको छ।
  • विपत्तिमा विभिन्न निकायबाट भइरहेको यस्तो सहयोगले पीडितको पुनर्स्थापनामा ठूलो टेवा पुग्नेछ।

 अर्जुन थापा नयाँदिल्ली – भारतकी माता अमृतानन्दमयी देवीले आफ्नो जन्मदिन तथा विश्व सेवा दिवसको अवसर पारेर नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि २ करोड भारतीय रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।

Workplace

उक्त सहयोग रकम नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत महामहिम डा. सुरेन्द्र थापामार्फत हस्तान्तरण गरिएको हो। नेपालमा प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला भारतमा सक्रिय नेपाली विभिन्न राजनीतिक, सामाजिक तथा गैरसरकारी संस्थाहरूले समेत राहत तथा सहयोगका कार्यक्रम अघि बढाइरहेका छन्।

विपत्तिको यस कठिन घडीमा विभिन्न क्षेत्र र समुदायबाट भइरहेको सहयोगले पीडित परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ। सबै पक्षले हातेमालो गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिएमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा थप टेवा पुग्ने विश्वास गरिएको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?