वर्षा कम भएसँगै बाढीपहिरोका कारण अवरुद्ध प्रमुख राजमार्गमा पहिरो हटाउने काम तीव्र

समाचार सारांश
Auto Generated by AI
  • वर्षा कम भएसँगै अवरुद्ध प्रमुख राजमार्ग र सडक खुलाउन तीव्र काम भइरहेको छ।
  • पृथ्वी राजमार्ग र मुग्लिन–काठमाडौं सडक खण्डमा थपिएका पहिरो हटाएर यातायात सञ्चालन गर्ने तयारी छ।
  • देशका अन्य विभिन्न स्थानमा अवरुद्ध भएका राजमार्गहरूमा पनि पहिरो पन्छाउने र डाइभर्सन बनाउने काम जारी छ।

काठमाडौं।वर्षा कम भएसँगै बाढीपहिरोका कारण अवरुद्ध प्रमुख राजमार्ग तथा सडक सञ्चालनमा ल्याउन काम तीव्र पारिएको छ। पृथ्वी राजमार्गसहितका सडक आज दिउँसोसम्म खुलाएर सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।

Workplace

बुधबारदेखि परेको लगातार वर्षाका कारण काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्गलगायत देशका विभिन्न सडकखण्ड अवरुद्ध भएका थिए। आइतबार वर्षा कम भएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा ल्याएर पोखरातर्फ जाने सवारी साधन चलाइएको थियो। मुग्लिन–काठमाडौं सडकखण्डका विभिन्न स्थानमा पनि पहिरो हटाइएको छ। केही ठाउँमा भने एकतर्फी यातायात मात्र सञ्चालनमा छ।

आइतबार साँझ बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारामा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक पुनः दुवैतर्फ अवरुद्ध भएको छ। उक्त पहिरो हटाएर काठमाडौं जोड्ने प्रमुख राजमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

बाढीपहिरोका कारण कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोरको मूलघाट–फिदिम, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुबाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा पनि यातायात प्रभावित भएको छ।

ती सडकमा पहिरो हटाउने तथा आवश्यक स्थानमा डाइभर्सन निर्माण गरेर सवारी आवागमन सञ्चालन गर्ने प्रयास भइरहेको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?