बंगलादेशमा विमान दुर्घटना,१९ जनाको मृ`त्यु १५० भन्दा बढी घा`इते

बंगलादेश वायुसेनाको एफ–७ बीजेआई ट्रेनर विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुल परिसरमा दुर्घटनाग्रस्त भएको छ ।

Workplace

 

 

प्रमुख सल्लाहकारका विशेष सहायक प्राध्यापक डा. सैदुर रहमानले विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको र कम्तीमा १५० भन्दा धेरै घाइते भएको बताएका छन् ।

घाइते सबैलाई ढाका मेडिकल कलेज नजिकै रहेको राष्ट्रिय बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मिटोला अस्पताल, ढाका मेडिकल कलेज अस्पताल, कम्बाइन्ड मिलिटरी अस्पताल र उत्तरा मोडर्न लगायत विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ ।

माइलस्टोन कलेजका लेक्चर रेजाउल इस्लामका अनुसार स्कूल बन्द हुने बेलामा यो घटना भएको थियो । “एउटा लडाकु विमान सिधै भवनमा ठोक्किएको थियो । यसले नर्सरी र जुनियर सेक्सनका धेरै कक्षाकोठाहरूमा क्षति गरेको छ । स्कुलको गेट पूर्ण रूपमा ध्वस्त भएको छ भने त्यसमा आगो पनि लागेको छ,” उनले भने ।

इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्ति जारी गर्दै विमान सोमबार दिउँसो १ः०६ बजे उडेको जनाएको छ । उडान भरेको केही समयपछि, विमानले नियन्त्रण गुमाएको थियो र जमिनमा ठोक्किएको थियो ।

अग्नि नियन्त्रक सेवाका नौ वटा युनिट उद्धार कार्यमा संलग्न छन् । विमान दुर्घटनाको कारण बंगलादेश सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?