भारतको उत्तरी राज्य उत्तर प्रदेशमा आएको भीषण वर्षा

समाचार सारांश
Auto Generated by AI
  • उत्तर प्रदेशमा भीषण वर्षा र हुरीका कारण १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
  • भारी वर्षाले ११७ घरमा क्षति पुर्‍याउनुका साथै धेरै बालीनाली नष्ट गरेको छ।
  • प्रशासनले प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्दै बाढीको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

भारतको उत्तरी राज्य उत्तर प्रदेशमा आएको भीषण वर्षा, चट्याङ र तिब्र वेगको हावाहुरीका कारण १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

Workplace

राज्यका ६३ जिल्लामा सामान्यभन्दा धेरै वर्षा मापन गरिएको छ । भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई) का अनुसार विगत २४ घण्टामा उत्तर प्रदेशमा सामान्यभन्दा १९ गुणा बढी वर्षा भएको छ ।

- Advertisement -Workplace

प्रतिकूल मौसमका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । प्राप्त विवरणअनुसार पाँच जनाको ज्यान माटोको पर्खाल भत्किँदा गएको हो भने अन्य पाँच जनाको रूख ढलेर थिचिँदा मृत्यु भएको छ । घटनामा घाइते भएका १४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मौसमको यो विपद्ले राज्यका ११७ घरहरूमा आंशिक वा पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने तयार भइसकेको बालीनाली पनि नष्ट भएको छ । भारी वर्षाका कारण राज्यका केही क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै शतर्कता अपनाउन आग्रह गरिएको छ ।

मौसम विभागकाअनुसार आगामी केही दिनसम्म मध्य, पूर्वी र दक्षिणी भारतका विभिन्न राज्यमा वर्षा सक्रिय रहने अनुमान गरिएको छ । विपद् व्यवस्थापन विभागले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तिब्रता दिएको छ ।

प्रशासनले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र सम्भावित बाढी वा पहिरोप्रति सजग रहन आग्रह गरेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?