काठमाडौं । रास्वपाकी पूर्वसांसद सुमना श्रेष्ठले फेरि एकपटक चर्चाको शिखर समातेकी छन् । यसपटक कारण भने राजनीति होइन — कविता हो ।

श्रेष्ठले हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी “अवसरवादी” शीर्षकको कविताले धेरैको ध्यान खिचेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको “पागल” कविताबाट प्रेरित यस रचनामा उनले आफूलाई ‘अवसरवादी’ भन्दै पनि त्यसको अर्थलाई सकारात्मक रूपमा पुनःपरिभाषित गरेकी छन् ।
“जनताको पीडामा मलम लगाउन खोज्नु, अन्धकारमा आशाको बत्ती बाल्न खोज्नु, यदि यो अवसर हो भने म त्यो अवसर रोज्छु,” — कविताको एक अंशमा उनले लेखेकी छन् ।
श्रेष्ठले कविता मार्फत अवसरवादलाई स्वार्थ होइन, सेवाको रूपमा चित्रण गरेकी छन् । उनले भनछिन्, “म अवसरवादी हुँ, शब्दमा होइन, संकल्पको अर्थमा ।
सुमना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेकी थिइन् । उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार समेत सम्हालेकी थिइन् । तर पार्टीभित्रको आन्तरिक असन्तुष्टि र ‘नेता–पूजा’को संस्कृतिप्रति असहमति जनाउँदै उनले केही समयअघि पार्टीबाट अलग हुने निर्णय गरेकी थिइन् ।
श्रेष्ठले त्यसबेला भनकी थिइन् — “म पार्टीभन्दा देश ठूलो मान्छु । नीति र मूल्यमा सम्झौता गर्न सक्दिन ।
उनको ताजा कविता ‘अवसरवादी’ मा पनि यही विचारको निरन्तरता देखिन्छ । कवितामा उनले मौनतालाई अपराध मानेकी छन्, र परिवर्तनको अवसर खोज्नेहरूलाई निडर बन्न आह्वान गरेकी छन् ।
उनी लेख्छिन् “यदि सेवा गर्नु अपराध हो भने, म त्यो अपराध स्वीकार्छु । यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने, म पागलपन स्वीकार्छु ।”
यो अभिव्यक्ति उनका राजनीतिक कार्यशैलीसँग पनि मेल खान्छ । संसद्मा रहेर उनले सुशासन, पारदर्शिता र विधिको शासनका पक्षमा निरन्तर आवाज उठाएकी थिइन्।
रास्वपा छोडेपछि केही समय मौन रहेकी श्रेष्ठ अहिले फेरि जनचासोको केन्द्रमा छिन् । उनका कविता, विचार र अभिव्यक्तिलाई धेरै युवाले “सकारात्मक राजनीतिक चेतना” को रूपमा लिएका छन् ।
राजनीति र कविताको संयोजन गर्दै उनले देखाएको ‘अवसरवादी’ रूपले अब उनलाई जनताको भिन्न नजरमा पुनःस्थापित गरेको छ तर उनी कुन पार्टी लाई समर्थन गर्छिन त्यो भने हामी हेर्नू प्रने र प्रखनु प्रने हुन्छ ।
