अवसरवादी’ सुमना श्रेष्ठ : पागलपन होइन, देशप्रेम हो उनको अभिव्यक्ति

काठमाडौं । रास्वपाकी पूर्वसांसद सुमना श्रेष्ठले फेरि एकपटक चर्चाको शिखर समातेकी छन् । यसपटक कारण भने राजनीति होइन — कविता हो ।

Workplace

श्रेष्ठले हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी “अवसरवादी” शीर्षकको कविताले धेरैको ध्यान खिचेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको “पागल” कविताबाट प्रेरित यस रचनामा उनले आफूलाई ‘अवसरवादी’ भन्दै पनि त्यसको अर्थलाई सकारात्मक रूपमा पुनःपरिभाषित गरेकी छन् ।

“जनताको पीडामा मलम लगाउन खोज्नु, अन्धकारमा आशाको बत्ती बाल्न खोज्नु, यदि यो अवसर हो भने म त्यो अवसर रोज्छु,” — कविताको एक अंशमा उनले लेखेकी छन् ।

श्रेष्ठले कविता मार्फत अवसरवादलाई स्वार्थ होइन, सेवाको रूपमा चित्रण गरेकी छन् । उनले भनछिन्, “म अवसरवादी हुँ, शब्दमा होइन, संकल्पको अर्थमा ।

सुमना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेकी थिइन् । उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार समेत सम्हालेकी थिइन् । तर पार्टीभित्रको आन्तरिक असन्तुष्टि र ‘नेता–पूजा’को संस्कृतिप्रति असहमति जनाउँदै उनले केही समयअघि पार्टीबाट अलग हुने निर्णय गरेकी थिइन् ।

श्रेष्ठले त्यसबेला भनकी थिइन् — “म पार्टीभन्दा देश ठूलो मान्छु । नीति र मूल्यमा सम्झौता गर्न सक्दिन ।

उनको ताजा कविता ‘अवसरवादी’ मा पनि यही विचारको निरन्तरता देखिन्छ । कवितामा उनले मौनतालाई अपराध मानेकी छन्, र परिवर्तनको अवसर खोज्नेहरूलाई निडर बन्न आह्वान गरेकी छन् ।

उनी लेख्छिन् “यदि सेवा गर्नु अपराध हो भने, म त्यो अपराध स्वीकार्छु । यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने, म पागलपन स्वीकार्छु ।”

यो अभिव्यक्ति उनका राजनीतिक कार्यशैलीसँग पनि मेल खान्छ । संसद्‌मा रहेर उनले सुशासन, पारदर्शिता र विधिको शासनका पक्षमा निरन्तर आवाज उठाएकी थिइन्।

रास्वपा छोडेपछि केही समय मौन रहेकी श्रेष्ठ अहिले फेरि जनचासोको केन्द्रमा छिन् । उनका कविता, विचार र अभिव्यक्तिलाई धेरै युवाले “सकारात्मक राजनीतिक चेतना” को रूपमा लिएका छन् ।

राजनीति र कविताको संयोजन गर्दै उनले देखाएको ‘अवसरवादी’ रूपले अब उनलाई जनताको भिन्न नजरमा पुनःस्थापित गरेको छ तर उनी कुन पार्टी लाई समर्थन गर्छिन त्यो भने हामी हेर्नू प्रने र प्रखनु प्रने हुन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?