प्रयागराज कुम्भ मेलामा भागदौड: कम्तीमा १५ को मृत्यु, कैयौं घाइते

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा अचानक भागदौड मच्चिँदा ठूलो क्षति भएको छ। भागदौडपछि मेलास्थलमा भक्तजनका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन्।

Workplace

भारतीय सञ्चार माध्यमका अनुसार घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३० देखि ४० जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा लगिएको छ।

प्राप्त जानकारीअनुसार, कुनै अफवाह फैलिएपछि भीडमा भागदौड मच्चिएको हो। घटनापछि प्रशासनले तत्काल स्नान रोक्का गर्ने निर्णय गरेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै प्रशासनलाई आवश्यक सहायता प्रदान गर्न निर्देशन दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनालाई गम्भीरतापूर्वक लिँदै योगी आदित्यनाथसँग लगातार सम्पर्क गरेर राहत र उद्धार कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

स्थानीय प्रशासनले घटनाको अनुसन्धान गरिरहेको छ भने कुम्भ मेलाको भीड व्यवस्थापनप्रति गम्भीर रुपमा  आफू हरु लागि रहेको बताइएको छ भिड निकै धेरै भएकाले प्रशासन लाइ पनि उक्त भिड नियन्त्रण गर्न निकै कठिनाई भइ रहेको बताइएको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?