डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान खाँचीकाेट स्वास्थ्य चाैकीमा सम्पन्न

अनिल नेपालीअर्घाखाँची

Workplace

डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीकाेट स्वास्थ्य चाैकीमा सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीकाे आयोजना र सन्धिखर्क नगरपालिकाकाे सहआयाेजनामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेशराज पाैडेलले अभिमुखीकरण गदै डेंगी सङ्क्रमण फैलनुको मुख्य कारक लामखुट्टे भएकाले यसको निराकरण नगरेसम्म सङ्क्रमण रोकथाम गर्न नसकिने भन्दै खोज र नष्ट अभियान थाल्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेशराज पाैेडेलले जानकारी दिए।

पाैडेलका अनुसार बढी जनघनत्व भएका, फोहरमैला बढी उत्सर्जन र बिसर्जन हुने ठाउँ, ग्यारेज, टायर तथा सफा पानी जम्मा हुने स्थानलाई लक्षित गरी खोज र नष्ट अभियान थाल्नुपर्ने बताए ।

लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियान नियमित सञ्चालन गनुपर्ने पाैडेलले बताए पाैडेलले बिहान, दिउँसो राति जुनसुकै बेला झुल टाँगेर सुत्ने, पूरा बाहुला भएका र पूरा शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टेको वासस्थान मास्न पानी जम्न नदिने, घरवरपर सफा राख्न, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, लामखुट्टेको वृद्धि हुने स्थानको नष्ट गर्ने जस्ता सजकता अपनाउन पनि अपिल गनु भएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका सुदनराज गाैतम सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुली जनस्वास्थ्य निरिशक प्रकाश परियारले अभिमुखीकरण गनु भएको थियोे।

कार्यक्रममा महिला स्वयमसेविका वडा भित्रका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि , सरक्षाकर्मी सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो कार्यक्रम का वा वडा अध्यक्ष डुकलाल पाेखेललकाे अध्यक्ष खाँचीकाेट स्वास्थ्य चाैकी प्रमुख प्रेमचन्द् विककाे सञ्चालन अहेव सिर्जना शान्ता खनालकाे स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रम वडा सदस्य मिना ज्ञवाली , पुष्पा नेपाली वडअ सचिव सिता बिसि पराजुलीले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?