नेपाली बजारमा आज सुनको मूल्य बढ्यो

समाचार सारांश
Auto Generated by AI
  • विहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ।
  • बढेको मूल्यसँगै छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ।
  • विहीबार चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँमा झरेको छ।

काठमाडौ – नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। यस वृद्धिसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ।

- Advertisement -Workplace

यसअघि बुधबार सुनको मूल्य ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको थियो भने मङ्गलबार ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, साताको पहिलो दिन आइतबार ११ हजार ७०० रुपैयाँले घट्दै २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको सुनको मूल्य सोमबार भने ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको थियो।

अर्कोतर्फ, बिहीबार चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९८० रुपैयाँ पुगेको थियो।

साताको अन्य दिनहरूको स्थिति हेर्दा, मङ्गलबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँमा झरेको थियो भने सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको थियो। त्यसैगरी, गत आइतबार चाँदीको मूल्य पनि २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?