एनपीएल : आज विराटनगर र जनकपुर, कर्णाली र सुदूरपश्चिम प्रतिस्पर्धा गर्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन्। त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल 11,45 बजे र दोस्रो खेल अपराह्न ४ बजे सुरु हुनेछ।

Workplace

पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।

२/२ खेल खेल्दा सुदूरपश्चिम र विराटनगर ४/४ अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। कर्णालीले २ अंक जोडेको छ भने  एक खेलमात्र खेलेको जनकपुर अंकविहीन छ।

गत संस्करण उद्घाटन खेलमा विराटनगर र जनकपुरबिच प्रतिस्पर्धा भएको थियो। जसमा जनकपुर ८ विकेटले विजयी भएको थियो । यसैगरी पहिलो संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको थियो।

मंसिर १ गतेदेखि सुरु भएर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा ३२ खेल हुने कार्यतालिका छ। एनपीएलमा  विराटनगर किंग्स, जनकपुर बोल्टस, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र  सुदूरपश्चिम रोयल्स गरेर ८ फ्रेन्चाइज टोली छन्। पहिलो संस्करणमा जनकपुर बिजेता र सुदूरपश्चिम उपविजेता बनेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?