मुगुको खत्याडमा आ`ग`लागी: कपडा टेलर्स पसल पूर्ण रूपमा नष्ट

समाचार सारांश
Auto Generated by AI
  • मुगुको खत्याड गाउँपालिकामा गएराति भएको भीषण आगलागीबाट दुईवटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
  • आगो निभाउने प्रयास गर्दा एक स्थानीय सामान्य घाइते भएका छन् भने करिब २० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ।
  • घटनास्थलमा स्थानीय र प्रहरीको संयुक्त प्रयासले आगो नियन्त्रणमा लिएको थियो।

रतन बहादुर रावल मुगु — मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नं. २ मा गएराति ११:५० बजे आगलागी भएको छ।

Workplace

विगत दुई-तीन दिनदेखि कोही पनि मानिस नरहेको एउटा घरबाट एक्कासी आगोको ठूलो राप निस्किएको स्थानीय बासिन्दाहरूले बताएका

- Advertisement -Workplace

आगलागीबाट उक्त घरमा सञ्चालित कपडा सिलाउने व्यवसाय (टेलर्स) पूर्ण रूपमा जलेर नष्ट भएको छ। सो घरमा अन्नाम दमाईको ‘अर्जुन टेलर्स’ र विष्णुराज माठाएको कपडा पसल सञ्चालनमा थिए।

आगलागीबाट पसलका सम्पूर्ण सामान तथा कपडाहरू जलेर खरानी भएका छन्।

घटनाका प्रत्यक्षदर्शी कुबेर बुढाका अनुसार राति अचानक आगो देखेपछि स्थानीय बासिन्दाहरू नियन्त्रणका लागि तुरुन्तै सक्रिय भएका थिए।

स्थानीय र प्रहरीको संयुक्त प्रयास र रोहबरमा आगो नियन्त्रणमा आएको हो।

आगो निभाउने क्रममा प्रत्यक्षदर्शी बुढा आफैँ र उनको हातमा सामान्य चोट लागेको छ। आगलागीबाट घर र पसलसहित आगो निभाउन गएका ती प्रत्यक्ष दर्शी स्थानीयवासी कुबेर बुढा भन्नु हुन्छ।करिब २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको बुढाले जानकारी दिनुभयो।

पछिल्लो एक महिनाको अवधिमा खत्याड गाउँपालिकामा आगलागीबाट दुई घर नष्ट भएको यो दोस्रो घटना हो। यस मौसममा अत्याधिक हावाहुरी चल्ने भएकाले आगोको प्रयोगमा गरिने सानो लापरवाहीका कारण पनि ठूलो क्षति बेहोर्नुपरेको स्थानीय बासिन्दाहरू बताउँछन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?