
- मुगुमा सडक दुर्घटना न्यूनीकरण गरी मृत्युदर शून्यमा झार्ने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गरिएको छ।
- दुर्घटनाका घाइतेलाई बचाउन गोल्डेन आवरको महत्त्व र प्राथमिक उपचारबारे विशेष जानकारी गराइएको छ।
- नीतिगत कडाइ, सडकको सुधार र स्वास्थ्य संस्थाको क्षमता विकास गर्ने रणनीतिक कार्ययोजना अघि सारिएको छ।
रतन रावल मुगु, १५ असार २०८३
बढ्दो सडक दुर्घटना र यसबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ हिजो सदमुकाम गमगढी म एक विशेष सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मुगु जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुको आयोजना तथा मुगु जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय मुगुको समन्वयमा “सडक दुर्घटना RTAसम्बन्धि सचेतना तथा अन्तरक्रिया” कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका पदाधिकारी जिल्ला प्रमुख सिडिओ खडानन्द्र खत्री सुरक्षा निकायका प्रमुख डीएसपी रविराज थपलिया नेपाली सेनाका प्रमुख र अन्य , सुरक्षा निकायका प्रतिनिधिहरू र स्वास्थ्यकर्मीहरू को बाक्लो उपस्थिति रहेको थियो। उक्त अवसरमा मुगु स्वास्थ्य सेवा कार्यालय का स्वास्थ्य प्रमुख डा निर्मल नगरकोटी ले जिल्लामा सडक सुरक्षा चुस्त बनाउन र दुर्घटनाबाट हुने मृत्युदरलाई शून्यमा झार्न एक रणनीतिक कार्ययोजना समेत प्रस्तुत गरेको । बताएका छन

स्वास्थ्य सेवा कार्यालयले सार्वजनिक गरेको कार्ययोजना को मुख्य लक्ष्य सडक दुर्घटनाका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने अर्थात् ‘भिजन जिरो’ शून्य मृत्यु रहेको छ। यो लक्ष्य प्राप्तिका लागि कार्यालयले तीनवटा मुख्य खम्बाहरूमा आधारित भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

नीतिगत नेतृत्व स्थानीय प्रहरी, यातायात व्यवसायी र सम्बद्ध निकायहरूसँग समन्वय गरी हेल्मेटको अनिवार्य तथा सही प्रयोग, सिटबेल्टको प्रयोग र सवारी साधनहरूको सुरक्षित सञ्चालनलाई कडा रूपमा लागू गरिए भनी सुरक्षित औल्याइएको हो
प्रमाण-आधारित कदम Action): जिल्ला भित्रका सडक दुर्घटनाहरूको वास्तविक तथ्यांक संकलन गरिने छ। दुर्घटना बढी हुने सडकका उच्च जोखिमपूर्ण क्षेत्रहरू को पहिचान गरी त्यस्ता ठाउँहरूमा सुधारका कार्यहरू अघि बढाइने
स्वास्थ्य पूर्वाधार सुदृढीकरण दुर्घटना भइहालेमा तत्काल उपचार सेवा उपलब्ध गराउन स्थानीय स्वास्थ्य चौकीहरू को क्षमता विकास गरिने बताएका छन् यस अन्तर्गत ग्रामीण तहका स्वास्थ्य संस्थाहरूमा ट्रमा केयर र आपत्कालीन प्राथमिक उपचारको सेवा विस्तार गरिने योजना छ।
गोल्डेन आवर’ र प्राथमिक उद्धारको महत्त्वअन्तरक्रिया कार्यक्रममा “गोल्डेन आवर” (Golden Hour) को अवधारणामाथि डक्टर निर्मल नगरकोट ले भने विज्ञहरूका अनुसार सडक दुर्घटना भएको पहिलो ६० मिनेट १ घण्टा को समयलाई चिकित्सा विज्ञानमा ‘गोल्डेन आवर’ भनिन्छ। यो जीवन र मृत्यु बीचको सबैभन्दा संवेदनशील समय हो। यदि दुर्घटना भएको पहिलो एक घण्टाभित्र घाइतेले उपयुक्त र सही चिकित्सा सेवा पाउन सकेमा मृत्युको जोखिम निकै कम हुन्छ।
कार्यक्रममा बोल्दै वक्ताहरूले दुर्घटना स्थलमा सबैभन्दा पहिले पुग्ने स्थानीय नागरिक वा प्रत्यक्षदर्शी हरूको भूमिका महत्त्वपूर्ण हुने बताए। पहिलो घेरामा उद्धार गर्ने व्यक्तिहरूसँग प्राथमिक उपचारको सही ज्ञान भएमा मात्र पनि अस्पताल पुऱ्याउनु अघि धेरैको ज्यान जोगाउन सकिने कुरामा जोड दिइयो।सरोकारवालाहरूको प्रतिबद्धताकार्यक्रममा सहभागी जिल्ला प्रहरी र ट्राफिक कार्यालयका प्रतिनिधिहरूले सडक नियमको पालना गराउन र जोखिमपूर्ण सडक खण्डहरूमा निगरानी बढाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए। खराब सडक पूर्वाधार र मानवीय लापरबाही दुवैलाई सुधार्दै नलगेसम्म दिगो सडक सुरक्षा सम्भव नभएको निष्कर्ष अन्तरक्रियाले निकालेको छ।
मुगु जस्तो भौगोलिक रूपमा विकट र कठीन सडक सञ्जाल भएको जिल्लामा यो सचेतना कार्यक्रम र स्वास्थ्य सेवा कार्यालयको नयाँ कार्ययोजनाले आगामी दिनमा सडक दुर्घटना न्यूनीकरण गर्न र अमूल्य नागरिकको ज्यान जोगाउन कोसेढुङ्गा साबित हुने अपेक्षा समेत बताए।
