सुनसरीमा हिन्दू शहीद परिवारको पीडा सुन्दै राप्रपा नेतृ खुश्बु ओली, न्यायका लागि सरकारको ध्यानाकर्षण

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्ज पुगेर हिन्दू शहीद परिवार तथा घाइतेहरूको पीडा, गुनासो र न्यायको मागबारे जानकारी लिएकी छन्।

Workplace

शहीद परिवारकै निमन्त्रणामा कप्तानगञ्ज पुगेकी ओलीले शहीदहरूको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारसँग संक्षिप्त अन्तरक्रिया गरेकी हुन्।
धार्मिक झण्डा हटाउने वा नहटाउने विषयबाट सुरु भएको विवादका क्रममा केही हिन्दू युवाले ज्यान गुमाएको र दर्जनौँ घाइते भएको उल्लेख गर्दै ओलीले घटनापछि सरकारले गरेका प्रतिबद्धता अझै कार्यान्वयन नभएको गुनासो गरिन्।

- Advertisement -Workplace

मृतक परिवारलाई रोजगारीको अवसर सुनिश्चित गर्ने प्रतिबद्धता जनाइए पनि तीन महिना बितिसक्दा समेत कार्यान्वयन नभएको उनको भनाइ छ।

उनले मृतक परिवारलाई केही आर्थिक सहायता दिँदैमा शहीद परिवारप्रतिको दायित्व पूरा नहुने बताइन्। शहीद परिवारले अहिलेसम्म शहीद परिचयपत्रसमेत प्राप्त गर्न नसकेको भन्दै उनले घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरिन्।

ओलीले भनिन्, “हामीलाई दिइएको आश्वासन किन पूरा भएन? हाम्रो परिवारका सदस्यको ज्यान लिने दोषीहरू को हुन्? उनीहरूको पहिचान गरी कानुनी कारबाही किन गरिएन?”
उनले घटनापछि पनि कैयौँ हिन्दू युवालाई पक्राउ गरी जेलमा राखिएको भन्दै झूटा आश्वासन र अधुरा प्रतिबद्धताबाट घटनालाई सामसुम पार्न खोजिएको आरोप लगाइन्। पीडित परिवारले अझै न्याय नपाएको भन्दै उनले सरकारलाई गम्भीर बन्न आग्रह गरिन्।
“धार्मिक आस्थाका आधारमा कसैले पनि अन्याय भोग्नुपर्ने अवस्था लोकतान्त्रिक राज्यमा स्वीकार्य हुन सक्दैन,” ओलीले भनिन्, “घटनाको निष्पक्ष छानबिन, दोषीको पहिचान र कानुनी कारबाही, पीडित परिवारसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन तथा घाइतेहरूको मागको उचित सम्बोधन हुनुपर्छ।”
शहीद परिवारको आँसु, घाइतेहरूको पीडा र न्यायको प्रतीक्षालाई आश्वासनका शब्दले मात्रै दबाउन खोज्नु गलत भएको उनको भनाइ छ। सरकारले समयमै समस्या समाधान नगरे थप गम्भीर परिस्थिति सिर्जना हुन सक्ने भन्दै ओलीले सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
भेटघाटमा सहभागी भई शहीद परिवारको पीडा, न्यायको माग तथा उनीहरूको अवस्थाप्रति ऐक्यबद्धता जनाउने हिन्दू सम्राट सेना नेपाल, सुनसरी हिन्दू समाज, संयुक्त हिन्दू मोर्चा, विश्व हिन्दू परिषद्, हिन्दू स्वयंसेवक सङ्घ, बजरंग दल लगायत सम्पूर्ण हिन्दूवादी सङ्गठनप्रति ओलीले धन्यवाद व्यक्त गरेकी छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?