चेक अनादर गर्ने व्यक्ति कालो सूचीमा पर्ने

काठमाडौँ, – अब चेक अनादर गर्ने व्यक्ति कालो सूचीमा पर्ने भएका छन् ।

Workplace

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधनरपरिमार्जनरथप गर्दै चेक बाउन्ससम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

 

राष्ट्र बैङ्कले चेक बाउन्स ९चेक अनादर० बेहोरा प्रमाणित गर्ने कार्यविधि, २०८२ जारी गर्दै चेक अनादर गर्ने व्यक्तिलाई कालो सूचीमा राख्न सकिने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार चेक अनादर गरेको बेहोरा प्रमाणित गर्ने कार्यविधिबमोजिम खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्थामा अनादर हुने चेक जारी गर्ने खातावाला तथा सोसँग सम्बन्धित पक्षलाई कालो सूचीमा राख्न धारकले सम्बन्धित बैङ्क वा वित्तीय संस्थासमक्ष निवेदन दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कालो सूचीमा राख्न निवेदन दिँदा अनादर भएको चेकको सक्कल प्रतिसहित उक्त चेक अनादर प्रमाणित भएको मितिले छ महिनाभित्र कालो सूचीमा राख्न सम्बन्धित बैङ्क तथा वित्तीय संस्थासमक्ष निवेदन दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको छायाँनाथ रारा नगरपालिका को१९ औ बजेट सभा उद्घाटनमा बोल्दै छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम ।

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

छुटाउनुभयो कि ?