मौसम अपडेट: कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सुको चेतावनी

 

Workplace

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशको मौसममा परिवर्तन आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली भए पनि बाँकी स्थानमा मौसम सफा रहेको छ। तराईका धेरै भूभागमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ।

आजको अवस्था:
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा केही स्थानमा हल्का हिमपातको सम्भावना छ। अन्य स्थानमा मौसम सफा रहनेछ।

रातको अवस्था:
गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली कायम रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

२४ घण्टाको सम्भावना:

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा केही स्थानमा हल्का हिमपात।

गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात।

बिहीबार बिहान तराईका धेरै स्थानमा बाक्लो हुस्सु पर्ने।

सतर्कता अनुरोध:
तराईमा लाग्ने हुस्सुले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यात्रुहरू, किसान, र हवाई सेवा प्रदायकलाई आवश्यक तयारी गर्न अनुरोध गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?