मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

समाचार सारांश
Auto Generated by AI
  • सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ बजे बस्दै छ।
  • मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने कार्यसूची छ।
  • एमालेले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागिएको हो।

सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ।

Workplace

बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्।

- Advertisement -Workplace

यस्तै, विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूचीमा रहेको उनले बताइन्। सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधानअनुरुप उनले विश्वासको मत दिन लागेका हुन्।

बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाएका थिए। सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सदस्य रहेका छन्। तीमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसबाट १८, नेपाली कम्युनिष्ट पार्टीबाट सभामुखसहित २२, एमालेबाट ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना प्रदेशसभा सदस्य रहेका छन्।

सरकार गठन वा विश्वासको मतका पक्षमा २७ जना आवश्यक पर्छन्। हाल एक जना देश बाहिर र एक जना निलम्बनमा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। रासस

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?