नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् ।

काठमाडौ – राष्ट्रिय सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार ढिलाइ गरिरहेको भन्दै  प्रश्न उठाएका थिए ।

Workplace

चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर्नुपर्ने थियो । सरकार अहिलेसम्म के हेरेर बसेको छ ?’ उनले प्रश्न गरे, ‘सरकारले किन ढिलासुस्ती गरेको हो ?’

पूर्वराजा शाहलाई कारबाहीको दायरामा ल्याउन उनले पुनः आग्रह गरे । गत १५ चैतमा तीनकुनेमा निर्णायक आन्दोलन भनेर राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । हिंसात्मक भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । भने विभिन्न ठाउँमा आगजनी गरिएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?