सल्यान बोलेरो जिप दुर्घटना अपडेट :मृत्यु हुने सङ्ख्या ३ पुग्यो,३ घाइते

समाचार सारांश
Auto Generated by AI
  • सल्यानको त्रिवेणी गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।
  • घाइतेहरूको थप उपचारका लागि दाङको घोराही पठाइएको छ।

काठमाडौं ।सल्यानको त्रिवेणी गाउँपालिका ५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् ।

Workplace

शनिबार बिहान करिब ८ बजे सिंखस्थित भित्री सडकखण्डमा लु.प्र.०२–००१ ज ०००५ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रेशम र विपनाको सल्यानमै मृत्‍यु भएको हो भने डिल्लीबहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय भुपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूमा त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा र त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन् । प्रहरीका अनुसार उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

घाइतेलाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?