सल्यान बोलेरो जिप दुर्घटना अपडेट :मृत्यु हुने सङ्ख्या ३ पुग्यो,३ घाइते

समाचार सारांश
Auto Generated by AI
  • सल्यानको त्रिवेणी गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।
  • घाइतेहरूको थप उपचारका लागि दाङको घोराही पठाइएको छ।

काठमाडौं ।सल्यानको त्रिवेणी गाउँपालिका ५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् ।

Workplace

शनिबार बिहान करिब ८ बजे सिंखस्थित भित्री सडकखण्डमा लु.प्र.०२–००१ ज ०००५ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

- Advertisement -Workplace

दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रेशम र विपनाको सल्यानमै मृत्‍यु भएको हो भने डिल्लीबहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय भुपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूमा त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा र त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन् । प्रहरीका अनुसार उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

घाइतेलाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?