
- मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका ४१ वर्षीय कैदी गोविन्द भण्डारीको मृत्यु भएको छ।
- धनकुटा घर भएका भण्डारी लागुऔषध मुद्दामा १० वर्षको कैद सजाय काटिरहेका थिए।
- उनले २०८१ सालदेखि कारागारमा सजाय भुक्तान गर्न सुरु गरेका थिए।
जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ।

धनकुटाको महालक्ष्मी नगरपालिका–९ घर भई हाल विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गरिरहेका ४१ वर्षीय गोविन्द भण्डारीको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।
मोरङ कारागारका निमित्त प्रशासक तुलसी पौडेलका अनुसार भण्डारी लागुऔषध मुद्दाका कैदी सजया भुक्तान गरी रहेका थिए। लागुऔषध मुद्दामा अदालतले भण्डारीलाई १० वर्ष कैद सजाय र ७५ हजार रूपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। अदालतको फैसला अनुसार २०८१ असोज १३ गतेदेखि कैद भुक्तान गरिरहेका उनी २०९१ साउन १५ गतेसम्म कारागारमा बस्नुपर्ने हुन्थ्यो।
