
- साताको पहिलो दिन आज सुनको मूल्य तोलामा नौ हजार पाँच सय रुपैयाँले घटेको छ।
- सुनको मूल्य घटेर आज प्रतितोला तीन लाख नौ हजार रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्यमा पनि गिरावट आएर आज प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौ -कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँले घटेको छ ।

आज सुन ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन २ हजार ४०० रुपैयाँले घट्दै नेपाल ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँले घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अस्ति शुक्रबार चाँदी ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
