प्रथम रारा भलिबल कपको उपाधि कार्माराेङ स्पाेट युवा क्लबलाई, आयोजक टोली उपविजेतामा सीमित

रतन बहादुर रावल मुगु-मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं९, मुर्मामा सम्पन्न ‘प्रथम रारा भलिबल प्रतियोगिता २०८३’ को उपाधि कार्माराेङ स्पाेट युवा क्लब ले जितेको छ । रारा मुर्मा युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा कार्माराेङले आयोजक टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि चुम्न सफल भएको हो ।
उपाधि सँगै विजेता कार्माराेङ स्पाेट युवा क्लबले नगद रु ३०,००० (अक्षरुपी तीस हजार रुपैयाँ मात्र), ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको आयोजक रारा मुर्मा युवा क्लबले नगद रु २०,००० (अक्षरुपी बीस हजार रुपैयाँ मात्र) प्राप्त गर्‍यो । त्यसैगरी, प्रतियोगितामा कार्माराेङ माग्री युवा क्लब तेस्रो स्थान हासिल गर्दै नगद रु १०,००० (दश हजार रुपैयाँ मात्र) सहित ट्रफी र मेडल हात पार्न सफल भएको छ ।
प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका रारा मुर्मा युवा क्लबका अन्नत लुवार ‘उत्कृष्ट खेलाडी’ घोषित भए । त्यस्तै, कार्माराेङ स्पाेट युवा क्लबका छेवाङ छिरिङ लामाले ‘उत्कृष्ट स्पाइकर’को विधा तर्फ बाजी मारे । कुल ११ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगिताका खेलहरू मुख्य रेफ्री रुपक बुढा र सहायक रेफ्री टेकेन्द्र बुढाले संचालन गर्नुभएको थियो ।
रारा मुर्मा युवा क्लबका अध्यक्ष श्री राजेन्द्र राेकायाको अध्यक्षतामा सम्पन्न उक्त समापन तथा पुरस्कार वितरण कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि स्याउलीमेला मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्री खेम बहादुर राेकायाज्यूले ब्यानर पढेर गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुर्माका वि.व्य.स. अध्यक्ष श्री भक्त रावल, विशेष अतिथिमा रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत श्री रन बहादुर राेकाया लगायत भलिबल खेलाडी तथा स्थानीय खेलप्रेमी महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो ।
यस किसिमको प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुदप्रति उत्साह जगाउनुका साथै आपसी भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ । प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न माध्यमबाट आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सहयोगी महानुभावहरूप्रति आयोजक समितिले हार्दिक सम्मान व्यक्त गर्दै विशेष आभार प्रकट गरेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?