कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने तयारी

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेबीचको गठबन्धनमा खटपट हुँदा सरकार फेरबदलको सम्भावना बढेको छ।
  • कांग्रेसले समर्थन फिर्ता लिने तयारी गरेपछि एमालेले नेकपासँग नयाँ सत्ता समीकरणको गृहकार्य सुरु गरेको छ।
  • प्रदेशसभाको गणितअनुसार कांग्रेस बाहिरिएमा सरकारको भविष्य नयाँ मोडमा पुग्ने निश्चित देखिएको छ।

काठमाडौ -नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धनमा देखिएको असमझदारीसँगै लुम्बिनी प्रदेशमा सरकार फेरबदलको सम्भावना बढेको छ । पार्टी केन्द्रको निर्णयअनुसार कांग्रेस प्रदेश सरकारबाट बाहिरिने तयारीमा छ ।

Workplace

एमालेका चेतनारायण आचार्य कांग्रेसको समर्थनमा २०८१ साउन ७ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । हाल प्रदेश सरकारमा कांग्रेसका पाँच जना मन्त्री सहभागी छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सदस्य कायम छन् । जसमध्ये एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ सदस्य रहेका छन् । नेकपाका १३ सदस्यमध्ये एक जना सभामुख हुनुहुन्छ ।

कांग्रेसले समर्थन फिर्ता लिएमा एमालेले नयाँ सत्ता समीकरणका लागि नेकपासँग सहकार्यको प्रयास गर्ने संकेत दिएको छ । लुम्बिनी प्रदेश सरकारका मन्त्री तुलसी चौधरीले कांग्रेससँगको गठबन्धन कायम रहोस् भन्ने एमालेको चाहना रहेको बताउँदै कांग्रेस सरकारबाट बाहिरिए नेकपासँग सत्ता सहकार्यबारे छलफल हुन सक्ने बताउनुभयो ।

प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४, जनता समाजवादी पार्टी नेपालका २, जनमत पार्टीका ३, जसपाका १, राष्ट्रिय जनमोर्चाका १ तथा एक स्वतन्त्र सांसद रहेका छन् । कांग्रेसको निर्णयपछि लुम्बिनी प्रदेशको सत्ता समीकरण नयाँ मोडमा पुग्ने देखिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?