
- मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ।
- स्याउको गुणस्तर र ब्रान्ड जोगाउन जिल्ला प्रशासनले समय तालिका तोकेको हो।
- यसअघि भदौ १५ गतेदेखि छिटो पाक्ने जातका स्याउ टिप्न अनुमति दिइएको थियो।
काठमाडौं ।मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ। गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो।

यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि टिपाइ गर्न पाइने निर्णय भएको थियो। आजदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाइ गर्न पाइने गरी खुल्ला गरिएको छ।
मुस्ताङमा उत्पादन हुने स्याउमध्ये गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजातिअन्तर्गत पर्छन्। अन्य जातका स्याउ केही ढिलो पाक्ने सूचीअन्तर्गत पर्दछन्।
मुस्ताङी स्याउको ‘ब्रान्ड’लाई जोगाई राख्न जिल्लास्तरबाट स्याउ टिप्ने पाइने कार्यतालिका सार्वजनिक गरिएको हो।
