icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

देशभर मौसमको हालको अवस्था, सम्भावित परिवर्तन र सतर्कता सुझाव

 

Workplace

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य र पूर्वी तराईका केही स्थानहरूमा हुस्सु लागेको छ, जसले यातायात तथा जनजीवनमा केही प्रभाव पार्न सक्ने सम्भावना छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम सफा रहनेछ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना औंल्याएको छ। साथै, शुक्रबार बिहान तराईका केही भागमा बाक्लो हुस्सु लाग्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयन क्षेत्रमा आंशिक असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?