“ओ बाज” देउडा: बाल गायिका प्रतिज्ञा कुँवरको सुन्दर प्रस्तुति ( पूरा भिडियो सहित )

काठमाडौ – नेपाली लोकसंगीतमा एउटा नयाँ सुगन्ध मिठो स्वारमा   बाल गायिका प्रतिज्ञा कुँवरको स्वरमा सजिएको देउडा गीत “(ओ बाज) देउडा” सार्वजनिक भएको छ, जसले नेपाली मौलिक सांस्कृतिकलाई झलकाएको छ । विशेष गरी पोछिल्लो समय  सुदूरपश्चिम तथा मध्यपश्चिम नेपालमा लोकप्रिय देउडा भाकालाई नयाँ पुस्ताले निरन्तरता दिइरहेको दृश्य साँच्चै नै उत्साहजनक देखन सकिन्छ ।

Workplace

१२ वर्षीया बाल गायिका प्रतिज्ञा कुँवरले यो गीतमार्फत आफ्नो गायन क्षमताको अनुपम झल्को प्रस्तुत गरेकी छिन्। विद्यालयको अतिरिक्त सांस्कृतिक गतिविधि हुँदै स्थानीय महोत्सवसम्म निरन्तर सक्रिय रहँदै आएकी प्रतिज्ञाले यसअघि नै बाल कलाकारका रूपमा आफ्नो पहिचान बनाइसकेकी थिइन्। अब भने आफ्नै स्वरमा रहेको पहिलो देउडा गीतमार्फत उनले नेपाली लोकसंगीतमा औपचारिक पाइला चालेकी छिन्।

गीतमा झलक भट्टले शब्द तथा संगीत भरेका छन्, भने । “Fine Tune Recording Studio” मा रेकर्ड गरिएको गीतलाई पवन रानाभाटले अडियो एरेन्जमेन्ट, मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको भिडियो  प्रेमराज लामिछानेले निर्देशन गरेका छन् भने सम्पादन, ग्राफिक्स र कलर करेक्सनको जिम्मा प्रदीप कँडेलले सम्हालेका छन्। टेक्निकल एड्भाइजरको रूपमा पवन रानाभाटको विशेष भूमिका रहेको छ।

प्रतिज्ञा कुँवरकी आमा लक्ष्मी बोगटीका अनुसार यो उपलब्धि परिवारका लागि मात्र होइन, सम्पूर्ण नेपाली लोकसंगीतकै लागि गर्वको क्षण हो। छोरीको पहिलो देउडा गीत सार्वजनिक हुनु आफैंमा ठूलो खुसीको कुरा भएको उनी बताउँछिन्।

प्रेम, माया, मिलनका भावना समेटिएको “(ओ बाज) देउडा” गीत आलिफ खान युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। छोटो समयमै श्रोताहरूको राम्रो प्रतिक्रिया पाइरहेको यस गीतले प्रतिज्ञालाई लोकसंगीतमा अझै प्रेरित गर्ने आकलन गर्न सकिन्छ ।

प्रतिज्ञा कुँवरको सुमधुर स्वर, देउडा लयको मौलिकता, उत्कृष्ट शब्द-संगीत तथा कलात्मक भिडियोले गर्दा  यो गीतले प्रतिज्ञालाई अझ उज्ज्वल भविष्यतर्फ डोर्याउने विश्वास आम  श्रोताहरूले गरेका छन्।

पूरा भिडियो सहित 

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?