विचार मिल्ने कम्युनिस्ट शक्तिबीच तत्काल मोर्चा आवश्यक :प्रचण्ड

समाचार सारांश
Auto Generated by AI
  • पुष्पकमल दाहालले देशमा बढ्दो हस्तक्षेप रोक्न कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीच तत्काल सहकार्य आवश्यक रहेको बताए।
  • उनले कम्युनिस्ट आन्दोलन रक्षात्मक हुनुका कारणबारे गम्भीर आत्मसमीक्षा गर्दै एकताको आवश्यकतामा जोड दिए।
  • जनताले दिएको विश्वासलाई राजनीतिक उपलब्धिमा बदल्न नसकेको स्वीकार्दै उनले शान्ति प्रक्रिया र संविधानलाई महत्वपूर्ण उपलब्धि बताए।

काठमाडौ -नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले असाधारण परिस्थितिमा विचार मिल्ने कम्युनिस्ट तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिबीच तत्काल सहकार्य र मोर्चाबन्दी आवश्यक रहेको बताएका छन्।

Workplace

‘कम्युनिस्ट सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै राष्ट्रिय स्वाधीनता संकटमा परेको कारण देशमाथि विभिन्न साम्राज्यवादी तथा प्रतिक्रियावादी दबाब र हस्तक्षेप बढिरहेको हुँदा शान्ति, संविधान र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिबीच सहकार्य आजको आवश्यकता भएको बताए।

उनले विचार मिल्ने शक्तिबीच तत्काल सहकार्य गर्दै अघि बढ्नुपर्ने र त्यसलाई अन्ततः कम्युनिस्ट पार्टीको एकतासम्म पुर्‍याउनुपर्ने भन्दै विगतमा आफूले नेतृत्व गरेको माओवादी धार र एमाले धारबीच भएको एकताको अनुभवबाट पनि अहिलेको अवस्थामा पुनः एकताको आवश्यकता देखिएको उनले बताए।

उनले नेपाली कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्नुका कारणबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए। जनताको लामो समयदेखिको समर्थन र त्यागका बाबजुद कम्युनिस्ट पार्टीहरूले पटक–पटक जनविश्वास गुमाउनुका कारण खोज्नुपर्ने उनको भनाइ छ।

निर्वाचनमा नेपाली जनताले कम्युनिस्ट पार्टीलाई समर्थन गरे पनि त्यसलाई दीर्घकालीन राजनीतिक उपलब्धिमा रूपान्तरण गर्न नसकिएको भन्दै प्रचण्डले कम्युनिस्ट नेतृत्व र कार्यकर्ताले विगतका त्रुटिको समीक्षा गर्नुपर्ने बताए।

आफ्नो राजनीतिक यात्रामा जनयुद्धको तयारीदेखि शान्ति प्रक्रिया, शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मको प्रक्रियामा नेतृत्व गर्ने अवसर प्राप्त भएको बताए।

उनले शान्ति सम्झौता र संविधान निर्माणलाई नेपाली राजनीतिक इतिहासका महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। संविधानले उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको पहिचान, अधिकार, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई संस्थागत गरेको उनको दाबी थियो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?