
- लमही नगरपालिकामा लोप हुन लागेको मगर खाम भाषाको संरक्षणका लागि १५ दिने प्रशिक्षण सुरु भएको छ।
- नगरपालिकासँगको समन्वयमा सञ्चालित यस कार्यक्रममा ७० जना मगर समुदायका व्यक्तिहरू सहभागी भएका छन्।
- कार्यक्रममा जनप्रतिनिधिहरूले मगर संस्कृति र भाषाको संरक्षणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
दाङ – दाङको लमहीमा आज देखि जनता संग मेयर कार्यक्रम अन्तर्गत १५ दिने मगर खाम भाषा सुरु भएको छ । मगरहरुको गौरबमय इतिहास रहेको सबैलाई अबगत नै छ तर पछिल्लो समयमा मगरहरुको भाषा संस्कृति लोप हुँदै जान लागेको हुँदा स्थानिय मगरबासीहरु ले आफ्नो भाषालाई जिबन्त बचाई राख्न मगर भाषाको जरुरत भएको महसुस गरि मुख्य पहिचान भाषा लाई प्राथमिकता दिई १५ दिने भाषा प्रशिक्षण गराईएको हो ।
दाङ लमही नगरपालिका को आयोजनामा नेपाल मगर संघ लमही नगर कमिटिको समन्वय मा संचालन गरिएको उक्त प्रशिक्षणमा ७० जना मगरहरुले प्रशिक्षण लिनुहुनेछ।


नेपाल मगर संघ लमही नगर कमिटिका अध्यक्ष संगम आलेको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रममा मगरहरु को आफ्नै पहिचान बोकेको पोषाक संगै पंचेबाजा बाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो पंचेबाजामा प्रमुख, उपप्रमुख दुवैजना नाचेर कार्यक्रमलाई अझ आकर्षण गराईदिनु भएको थियो ।

कार्यक्रममा मुख्य अथिती लमही नगरपालिका का प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगी को उपस्थिति मा रहेको थियो कार्यक्रममा उपप्रमुखले भाषा संरक्षण गर्न अति आवश्यक रहेको बताउनु भयो भने प्रमुख चौधरीले मगरहरुका लागि आफू सक्दो सहयोग गरिरहने प्रतिबद्धता जाहेर गर्नुभयो कार्यक्रम लाई रोचक बनाउन मगरहरुको पंचेबाजा समूह ले निकै राम्रो प्रस्तुति दिनुभएको थियो
उक्त भाषा प्रशिक्षण कार्यक्रम को संचालन महेश ठेडी ले गर्नुभएको थियो ।

